मेरो पहिलो रोजाईनै रेडियो बन्याे

७ महिना अघि

२0८0 फाल्गुन १ मंगलवार

मेरो पहिलो रोजाईनै रेडियो बन्याे


मेरो पहिलो रोजाई हो रेडियो , म जब सानो थिए तब मेरा बा अामाले घरको ज,mयालमा रेडियो राखेर सुनेको  याद  दिन ताजै छ ।
सहि सुचना समाचार ल्याउने गाउ घरको एउटा माध्यम हो । रेडियो मलाई रेडियो मा कार्य गरने सोच त जब म कक्षा ८ मा अध्यन गरथ्ये तब देखि थियो । तर के गरनु रेडियो मा काम गर्न लाई त अनुभव योग्यता चाहिंदो रहेछ । 


म घरमा एउटा स्टुडियो बनाएर म रेडियो मा न्युज पडे जस्तै गरि पठथ्ये रेकड गरेर आफै सुन्थ्ये मलाई मेरै आवाज खल्लो लाग्थयो । मैले रेडियोका कार्यक्रमहरुमा पनि भाग लिने गर्दथ्ये रमाईलो लाग्थयो मलाई बडि जसो मुक्तक गजल सुनाउन असाध्यै मन परथ्यो । 
रेडियो बाट प्रसारण हुने साहित्य कार्यक्रममा फोन गरेर गजल मुक्तक सुनाउथ्ये  रमाईला थिए । ति दिनहरु पनि समय वित्दै गयो म पनि पठाईलाई निरन्तरता दिदै कक्षा एघारमा पुग्गे जब म कक्षा एघारमा पुगे तब मेरो मनमा एउटा कुरा एउटा सोचले सताई रहयो म कक्षा एघारमा वठदेै गर्दा म एक डेड महिनाको छुटि बनाए

तर  त्यो एक महिना स्कुल आएन मेरो लागी एउटा नयाँ सुरुवात थियो । रेडियो मा काम गर्न दार्चुला जिल्लाको गोकुल्लेश्वरमा रहेको रेडियो चौलानी टुडेमा दार्चुला जिल्लाको समवाद दाता न्युज वाचकमा विज्ञापन खुलेको थियो । मैले पनि गरर्नु पर्छ भन्ने एक सोच बनाएर म रेडियो चौलानी टुडेमा जिल्ला समवाद दाता भएर केहि महिना कार्य गरे त्यसपछि मैले रेडियो मा काम पनि सिक्नु पर्छ भन्ने सोचले म फेरि त्यतै गए र एक महिना मैले रेडियो मा के के कार्य हुन्छन त्यो सिके रेडियो मा भएका दाईहरुले मलाई काम सिकाउनु भो म तिन चार दिन काम सिके काम सिक्केको पाँचौ दिनमा नै म प्राविधिक तिर बस्न थाले
म मा फेरि एउटा समस्या थपियो त्यो थियो मेरो पठाई  मैले एक महिना काम सिकेर फेरि पठाईको लागी दार्चुला सदमुकाम आए 
पठाईलाई निरन्तरता दिए , कक्षा एघारको परिक्षा दिए । पछि रेडियोमा सिकेको काम भुल्छु कि भनि फेरि रेडियो दार्चुलामा केहि महिना मार्कट को कार्य गरे  मेरो एउटा सोच थियो रेडियो मा रहेर फेरि कार्य गर्न मिल्दैन की जस्तो लाग्थयो  । समय वित्दै गयो । 
मैले जिल्लाकै एक उकृष्ट रेडियो सारथी एफ एम मा काम गर्न अवसर पाए अहिले पनि उक्त सस्थामै कार्य गरिरहेको छु र दृष्टिकोण दैनिकमा न्युजको कार्य गरिरहेको छु । जिवन एक स‌‍र्घष रहेछ ।