१४ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि महाकाली नगरपालिकालाई

७ महिना अघि

२0८0 फाल्गुन १ मंगलवार

१४ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि महाकाली नगरपालिकालाई

दार्चुला जिल्लास्तरीय १४ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि महाकाली नगरपालिकाले जितेको छ । जिल्ला सदरमुकाम खलंगामा सम्पन्न भएको प्रतियोगितामा महाकाली नगरापालिका १९ स्वर्ण पदकसहित प्रथम भएको हो । महाकालीले १९ स्वर्ण, १० रजत र ९ कास्य गरि जम्मा ३८ पदक हात पारेको छ ।
प्रतियोगितामा मालिकार्जुन गाउँपालिका दोस्रो तथा मार्मा गाउँपालिका तेस्रो भएको छ। मालिकार्जुन गाउँपालिकाले ७ स्वर्ण, ६ रजत र ७ कास्य गरि २० पदक र  मार्मा गाउँपालिका ६ स्वर्ण, ९ रजत र ३ कास्य गरि १८ पदकसहित तृतीय भएको हो ।
यस्तै नौगाड गाउँपालिकाले ४ स्वर्ण, ८ रजत, ८ कास्य, शैल्यशिखर नगरपालिकाले ४ स्वर्ण, ४ रजत र १४ कास्य, लेकम गाउँपालिकाले २ स्वर्ण, ४ रजत र ५ कास्य, अपिहिमाल गाउँपालिकाले १ स्वर्ण, १ रजत र २ कास्य, दुहु गाउँपालिकाले १ रजत र ५ कास्य तथा ब्यास गाउँपालिकाले १ रजत र १ कास्य पदक जितेका छन् ।
प्रतियोगितामा भलिबल, कबड्डी, एथ्लेटिक्स, तेक्वान्दो र कराँते विधामा प्रतिस्पर्धा गराइएको थियो । प्रतियोगिता माघ २५ गतेदेखि संचालन भएको थियो । गत वर्ष सम्पन्न १३ औ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि पनि महाकाली नगरपालिकाले जितेको थियो ।