१४ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन

७ महिना अघि

२0८0 माघ २५ बिहीबार

१४ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन

१४ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बिहीवार ९आज० बाट शुरु भएको छ ।‘राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद’ भन्ने नाराका साथ जिल्लाको महाकाली नगरपालिकाको वडा नं ४ मा रहेको शिवनगर खेल मैदानमा प्रतियोगिता शुरु भएको हो ।

जिल्ला खेलकुद विकास समिति दार्चुलाका अध्यक्ष मान सिह बुढाथोकीको अध्यक्षता एवम जिल्ला समन्वय समिति प्रमुख महादेब बडू कश्यपको प्रमुख आतिथ्यतामा १४ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन गरिएको हो ।

४२ स्वर्ण, ४२ रजत र ५८ कास्यपदकका लागि हुने जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा जिल्लाका दुई नगरपालिका र सात वटा गाउँपालिकाका खेलाडीहरुको सहभागिता रहेको छ ।प्रतियोगितामा भलिवल, कवड्डी, मार्सल आर्ट र एथलेटिक्स तर्फका खेलहरुबीच प्रतिस्पर्धा गराइने आयोजकले जनाएको छ । प्रतियोगिता सदरमुकाम खलंगाको शिव नगरमा माघ २७ गते सम्म संचालन हुने छ ।

जिल्ला समन्वय समिती दार्चुलाका प्रमुख महादेब बडूले रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन गदैँ वर्षै पिच्छे सञ्चालन हुने राष्ट्रपति रनिङ शिल्डले खेल क्षेत्रको विकासमा टेवा पुर्याउने वताए ।प्रतियोगितामा जिल्लाका दुई नगरपालिका र सात वटा गाउँपालिकाबाट छात्रछात्रागरी जम्मा ५७३ जना खेलाडीहरुले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ । यस्तै नौवटै पालिकाबाट ७३ जना व्यवस्थापकहरु सदरमुकाम पुगेका छन ।

उद्घाटन कार्यक्रममा महाकाली नगरपालिकाका नगर प्रमुख नर सिह चैसिर, मार्मा गाउँपालिकाका अध्यक्ष जमन सिह धामी, नौगाड गाउँपालिकाका अध्यक्ष दलजित सिह धामी, व्यासँ गाउँपालिकाका अध्यक्ष मंगल सिह धामी, लेकम गाउँपालिकाका अध्यक्ष रामदत्त जोशी ,प्रमुख जिल्ला अधिकारी किरण जोशी, सुरक्षा निकायका प्रमुख, विभिन्न पालिकाका वडा अध्यक्ष, जिल्लास्थित सरकारी तथा गैर सरकारी संघसंस्थाका प्रमुख एवम प्रतिनिधि विभिन्न खेलकुद प्रतियोगिताका प्रतिनिधि स्थानीय बुद्धिजीवी खेलाडी लगायत पत्रकारहरुको उपस्थिति रहेको थियो ।