दार्चुलामा वाइड नेपाल संस्कृति ,पर्यटन तथा व्यापार  महोत्सव हुने

७ महिना अघि

२0८0 माघ २४ बुधबार

दार्चुलामा  वाइड नेपाल संस्कृति ,पर्यटन तथा व्यापार  महोत्सव हुने


दार्चुलामा वाइड नेपाल नामक संस्थादारा आयोजना गर्न लागिएको वाइड नेपाल संस्कृति ,पर्यटन तथा व्यापार  महोत्सव संचालन गरने भएको छ।जिल्ला प्रशासनमा  बुधबार बसेकोे बैठकमा महोत्सव यहि फागुनको  ११ गते देखि १७ गते सात दिन महोत्सव  लाग्ने बताईएको छ । महोत्सव महाकाली नगरपालीका वडा नं ४  शिव नगर फिल्डमा लाग्ने बताइएकाे छ ।  पहिला विरेन्द्र बस पार्कमा लाग्ने भए पनि विध्यालय क्षेत्र नजिक भएको र विध्यालयको पठन पाठन मा समस्या आउने भएकाले यसपालिको मेला महोत्सव शिव नगर फिल्डमा लाग्ने भएको हो ।

 
महोत्सवमा विशेष गरि स्थानिय स्थरमा उत्पादन भएका बस्तुहरुको बिक्री र प्रचार प्रसार हुने वाइड नेपालले बताएको छ । स्थानिय स्थरमा उत्पादन सामग्री , दार्चुलाका दुहुँ ,मार्मा , लेकमा,व्यासमा उत्पादन भएको जडिबुडि  खाद्यय बस्तु समिटीने  बताईएको छ ।  दार्चुलाकाे स्थानिय स्थरको संस्कृति भेषभुषा जmल्काउने खालको जmाकी प्रर्दशन हुने वाइड नेपालले जनाएको छ ।  


महोत्सवबमा स्थानिय कलाकार  राष्ट्ीय कलाकारको प्रस्तुति रहने महिला एकिकृत विकास सशतिmकरण नेपाल  वाईड नेपालले जनाएको छ । छलफलमा प्रमुख जिल्ला अधिकारी किरण जोशी ,  स.प्र.बल नेपाल नं ४४ गणपति , डम्मरबाहादुर बिष्ट, गुरु गोरखा गुल्म दार्चुलाका गुल्मपति बुद्द देवकोटा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक शिव बाहादुर सिंह ,महेन्द्र नमुना मावि का प्रध्यापक राम दत जोशी , महिला अधिकारकर्मी राधिका अवस्थी , गौरी वडाल ,ईन्द्रा बोहरा , जनप्रतिनिधि लगाईत पत्रकारहरुको सहभागिता रहेको थियो ।