रोज डे किन मनाइन्छ ?

७ महिना अघि

२0८0 माघ २४ बुधबार

रोज डे किन मनाइन्छ ?

आजबाट प्रेमीप्रमिकाहरूको लागि सुखद सप्ताह अर्थात् भ्यालेन्टाइन सप्ताह सुरु भएको छ । आज पहिलो दिन रोज डे । रोज डेको दिन आफ्ना प्रेमी वा प्रेमिकालाई तथा मन पराइएको व्यक्ति९क्रस०लाई प्रेम दर्शाउन गुलाबको फूल दिने गरिन्छ । 

किन मनाइन्छ रोज डे 

रोज डेमा, मानिसहरूले आफ्नो मनपर्ने मानिससँग आफ्नो प्रेम व्यक्त गर्छन् ।  गुलाफको फूललाई आफ्नो भावना व्यक्त गर्ने प्रतीकको रूपमा मानिन्छ । इतिहास अनुसार मुगल बेगम नूरजहाँलाई उनको पतिले रातो गुलाफ दिइएको मानिन्छ । उनलाई त्यो रातो गुलाफ धेरै मन परेपछि उनका पतिले नूरजहाँको मन खुसी पार्न हरेक दिन उनको दरबारमा ताजा गुलाफ पठाउने गर्थे । 

अर्को विश्वास अनुसार महारानी भिक्टोरियाको पालामा मानिसहरूले आफ्नो भावना व्यक्त गर्न गुलाफ साट्ने चलन थियो । भिक्टोरियन र रोमनियनहरूले पनि गुलाफको साथ आफ्नो प्रेम व्यक्त गर्थे । 

विभिन्न रङका गुलाफहरूले फरक(फरक अर्थ राख्ने गर्दछन् । रोज डेको दिन आज हामी गुलाफका रङका विशेषताको बारेमा चर्चा गर्छौं । 

रातो गुलाब स् रातो गुलाब प्रेम, जोश र भावनासँग सम्बन्धित छ । रातो गुलाफको विशेषता यो हो कि यसलाई दिएर अगाडिको मान्छेलाई आफूले आफ्नोजस्तो महसुस गराउने हो ।
 
पहेंलो गुलाब स् पहेंलो गुलाफलाई मित्रताको प्रतीक मानिन्छ । यदि तपाईं आफ्ना साथीहरूलाई माया गर्नुहुन्छ भनी बताउन चाहनुहुन्छ भने तपाईंले तिनीहरूलाई पहेंलो गुलाब दिन सक्नुहुन्छ । पहेंलो रङले खुसी र राम्रो स्वास्थ्यको पनि प्रतीक हुन्छ ।

सेतो गुलाब स् सेतो गुलाब तब दिइन्छ जब तपाई कसैसँग धेरै झगडा गर्नुभयो तर, अब तपाईं सबै कुरा भुलेर नयाँ तरिकाले आफ्नो सम्बन्ध सुरु गर्न चाहनुहुन्छ । यसबाहेक सेतो गुलाबलाई शान्तिको प्रतीक पनि मानिन्छ ।

गुलाबी गुलाब स् भ्यालेन्टाइन डे केवल जोडीहरूको लागि मात्र होइन । तपाईं पनि आफ्नो आमाबाबुसँग यो सप्ताह मनाउन सक्नुहुन्छ । यस्तो अवस्थामा, तपाईंले रोज डेको अवसरमा तिनीहरूलाई गुलाबी गुलाब दिन सक्नुहुन्छ । गुलाबी गुलाब कसैलाई धन्यवाद दिन पनि दिइन्छ ।

सुन्तला रङको  गुलाब स् यो गुलाबी रंग जोशको प्रतीक हो । यसले उत्साह, इच्छा देखाउँछ । दम्पतीहरूले आफ्नो प्रेममा जोश र उत्साहको प्रतीक सुन्तला रङको गुलाफ दिन सक्छन्