एक किशोरी झुण्डिएको अवस्थामा मृत फेला

७ महिना अघि

२0८0 माघ २३ मंगलवार

एक किशोरी  झुण्डिएको अवस्थामा मृत फेला

बझाङमा एक किशोरी मृत फेला परेकी छिन् ।जिल्लाको जयपृथ्वी नगरपालिका–११ डाँडागाउँकी १६ वर्षीया रमिला विक झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन् ।

सोमबार आफ्नै घरको कोठामा डोरीले पासो लगाएकी उनलाई जिल्ला अस्पताल लगिएकोमा डाक्टरले मृत घोषण गरेको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी प्रहरी निरीक्षक दिपेश चौधरीले बताउनु भयो ।घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।