अनाथ बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण

७ महिना अघि

२0८0 माघ २२ सोमबार

अनाथ बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण

दार्चुलामा प्रेस चौतारी नेपालले २६ अैां स्थापना दिवसको अवसरमा अनाथ बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण तथा अन्तरक्रिया कार्यक्रम गरेको छ । आफनो स्थापना दिवसको अवसरमा प्रेस चौतारी नेपालले  महेन्द्र नमुनामा अध्यनरथ अनाथ बालबलीकालाई कापी  कलम वितरण गरेको हो । 


कार्यक्रममा विध्यालय व्यवस्थापन समितिका अध्यक्ष विध्यालयका प्रधानाध्यापक ,प्रेस चौतारी नेपाल  विध्यार्थी शिक्षक एवम पत्रकारहरुको सहभागिता रहेको थियो । कार्यक्रममा प्रेस चौतारी नेपालले गरेको सहयोगलाई समान गर्दै विध्यालयका प्रधानाध्यापक राम दत जोशीले धन्यवाद  व्यक्त गर्नुका साथै अगामाी दिनमा प्रेस चौतारी नेपालले  समाजमा यस्तै सहयोग गरने अपेक्ष्या  व्यक्त गरेका छन ।  

प्रेस चौतारी नेपाल दार्चुलाका निर्वतमान अध्यक्ष लोकेन्द्र  जोशीले बालबालीकालाई उज्वल भविष्यको कामना व्यक्त गरेका छन ।  साथै समाजमा प्रेस चौतारी नेपालले  सहयोग  गरि  रहने बताउनु  भयो । समाजमा रहेका असाहय दुखी गरिबी अनाथलाई लाई सक्दो सहयोग गरि रहने प्रतिब्द्दता गरेका छन ।