तिंकर सडक निमार्ण कार्यले गति लिइयोस ः ज्ञापन पत्र सहित  

५ बर्ष अघि

२0७५ कार्तिक १६ शुक्रबार

तिंकर सडक निमार्ण कार्यले गति लिइयोस ः ज्ञापन पत्र सहित  

 
सुलोचना महता, कार्तिक १६ दार्चुला । तिंकर सडक निमार्ण कार्यले तिब्रता लिनुपर्ने माग राख्दै जिल्ला समन्वय समिति प्रमुख करबीर बहादुर कार्की व्याँस र दुहुँ गाउँपालिकाकका प्रमुख उपप्रमुख लगायतका जनप्रतिनिधीहरुले दार्चुला तिङ्कर सडक आयोजनाको ध्यानाकर्षण गराएका छन् । 
शुक्रबार दार्चुला तिङ्कर सडक आयोजनाका इन्जीनियर दिनेश रैखोलालाई सडक निर्माण कार्य यथासिघ्र गर्न भन्दै ज्ञापन पत्र बुझाईएकको छ । 
१० वर्षसम्म आयोजनाले न्युन प्रगति गरेको तथा दार्चुलामा विष्फोटक पदार्थ (जिलेटीन) आएपछि पनि सडक निमार्ण कार्यले गति लिन नसकेको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।  दार्चुला तिङ्कर सडक अन्तरगत हाल व्याँस गाउँपालिकाको वडा नम्बर ६ को हुतीको विजयपुर भीरमा सडक निर्माणको काम सम्पन्न भएको छ । अबको केही समय पछि व्याँस गाउँपालिकाको केन्द्र सुन्सेरासम्म सडकको ट्रयाक खुल्ने आयोजनाका इन्जीनियर दिनेश रैखोलाले जानकारी दिनुभयो ।