जिप दुर्घटनामा परी दुई जना घाइते

७ महिना अघि

२0८0 माघ २२ सोमबार

जिप दुर्घटनामा परी दुई जना घाइते

बैतडीमा जिप दुर्घटनामा परी दुई जना घाइते भएका छन्। जिल्लाको पाटन नगरपालिका–३ को धुराभन्ने स्थानमा जिप दुर्घटनामा परी चालकसहित २ जना घाइते भएका हुन्। घाइते हुनेमा चालक समेत रहेका सुर्नया गाउँपालिका(५ का कृष्ण बहादुर बिष्ट र जिपमा सवार पाटन(३ का अन्ताजी ३० वर्षीय धनीराज पन्त रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी, प्रहरी निरीक्षक, खेमबिक्रम केसीले  बताउनु भयो ।

खोडपेबाट बोहोरीगाउँतर्फ गइरहेको सु।प।प्र। ०४००१ च ०१०७ नम्बरको बोलेरो जिप आज बिहान करिब ४ बजेको समयमा पाटन–३ को धुरा भन्ने स्थानमा दुर्घटना परेको हो। उक्त जिपमा चालकसहित दुई जना मात्रै सवार रहेको बताइएको छ। घाइते पन्तको अवस्था गम्भिर रहेको र उनलाई धनगढी रेफर गरिएको छ। चालक बिष्टको डडेल्धुरामा उपचार भइरहेको  बताउनु भयो ।

जिप सडकबाट करिब ७० मिटर तल खसेको छ। दुर्घटनाको कारण खुल्न सकेको छैन। घाइतेहरुको आज बिहानै स्थानीयहरुले उद्धार गरेका थिए।