दार्चुलाका नाै स्थानीय तहहरुकाे वित्तिय सुशासन तथा जोखिम मूल्याकंन नतिजा सार्वजनिक

७ महिना अघि

२0८0 माघ २१ आईतवार

दार्चुलाका नाै स्थानीय तहहरुकाे  वित्तिय सुशासन तथा जोखिम मूल्याकंन नतिजा सार्वजनिक

दार्चुला जिल्लाका ९ ओटै स्थानिय तहहरुको वित्तिय सुशासन तथा जोखिम मूल्याकंनको   नतिजा  आईतबार  सार्वनिक भएको छ । योजना  बजेट तथा कार्यक्रम व्यवस्थापन  कार्यान्यन  क्षमता तथा व्यस्थापन लेखा तथा प्रतिवेदन , अनुगमन मूल्याकंन तथा लेखा परीक्षण  राजश्व व्यवस्थापनको नतिजा सार्वजनिक गरिएको हो ।  
सार्वजनिक नतिजामा दुहुँगाउंपालिका प्रथम भएको छ ।  ९१.५ प्रतिशत अंक प्राप्त गर्दै दुहुँगाउंपालिका प्रथम भएको हो । यस्तै नौगाड गाउंपालिकाको ८३ प्रतिशत अपिहिमाल गाउंपालीकाको ८२ प्रतिशत मालिकार्जुन गाउपालिकाको ८३.५ प्रतिशत महाकाली नगरपालीकाको ८०.५ प्रतिशत मार्मा गाउपालीकाको ८५ प्रतिशत शैल्यशिखर नगरपालीको ७५ प्रतिशत व्यासगाउपालीकाको ७६.५ प्रतिशत र लेकम गाउपालीकाको ७२ प्रतिशत अंक रहेको जिल्ला समन्वय समिति दार्चुलाले जनाएको छ ।