महेन्द्र नमूना मावि खलंगा सुदूरपश्चिम प्रदेशमा पहिलो उत्कृष्ट विद्यालय , देशमै सातौँ नम्बरमा

७ महिना अघि

२0८0 माघ २0 शनिबार

महेन्द्र नमूना मावि खलंगा सुदूरपश्चिम प्रदेशमा पहिलो उत्कृष्ट विद्यालय , देशमै सातौँ नम्बरमा

देशभरीका उत्कृष्ट सामुदायिक विद्यालयहरुमा दार्चुलाको महेन्द्र नमूना मावि खलंगा सातौँ नम्बरमा रहेको छ । दार्चुला सदरमुकाम खलंगामा अवस्थित महेन्द्र नमूना मावि एक अद्ययन अनुसार ८८ अंक प्राप्त गर्दै सुदूरपश्चिम प्रदेशमा पहिलो र देशभरीमै सातौँ भएको हो ।

शिक्षा विकास तथा मानव स्रोत विकास केन्द्रले केही महिनाअघि विद्यालयहरुले गरेको असल अभ्यासहरुको संगालो २०७९÷०८० प्रकाशित गरेको छ । सो संगालोमा सात वटै प्रदेशका तीन तीन वटा गरी देशभरका २१ वटा उत्कृष्ट सामुदायिक विद्यालयलाई कार्यसम्पादन मूल्यांकन र स्थलगत अद्ययनको आधारमा नतिजासहित सूचिकृति गरिएको छ । शैक्षिक गुणस्तर परीक्षण केन्द्रले दार्चुलासहित ६० जिल्लाका ४ हजार ८६७ वटा विद्यालयको कार्यसम्पादन मूल्यांकन गर्दै भौतिक पुर्वाधार, शिक्षण सिकाइ, विद्यार्थीको सिकाइ उपलब्धी स्तर लगायत विद्यालयको समग्र व्यवस्थापकीय गतिविधिको स्थलगत अवलोकनसहित १६ सूचकको आधारमा अत्कृष्टता निर्धारण गरिएको बताइएको छ ।


सामुदायिक विद्यालयहरुले मूल्यांकनको हरेक बुदामा पाएको अंकसहित संक्षेपमा हरेक विद्यालयले गरेका राम्रा अभ्यास र विशेषताहरु उल्लेख गरिएको छ ।

देशकै सातौँ नम्बरमा परेको महेन्द्र नमुना मावि खलंगा सुदूरपश्चिम प्रदेशको पहिलो उत्कृष्ट विद्यालयको रुपमा छनोट भएको छ । यस्तै देशभरीमा १३ औँ स्थानमा रहेको दार्चुलाकै मालिकार्जुन मावि धाप ८२।८ अंक प्राप्त गर्दै सुदूरपश्चिम प्रदेशमा दोस्रो र कञ्चनपुरको भानु मावि तेस्रो स्थानमा रहेको छ ।