५० प्रतिशत अनुदानमा हिउँदे फलफुलका बिरुवा वितरण 

७ महिना अघि

२0८0 माघ १९ शुक्रबार

५० प्रतिशत अनुदानमा हिउँदे फलफुलका बिरुवा वितरण 

कृषि ज्ञानकेन्द्र दार्चुलाले  फलफुलका बोट बिरुवा  वितरण  गरेको छ । विशेष गरि हिँउदे फलफुलका  तिन ओटा बेर्ना हरु वितरण गरेको छ । त्यसमा ओखर स्याउ र किबि वितरण गरेको कृषि ज्ञान केन्द्र दार्चुलाले जनाएको छ । ओखरको सन्र्धवमा दुई ओटा ओखरको बेर्ना वितरण गरेको छ ।

मुख्य गरि कलमी ओखर,बिजु ओखर,इटालीयन कलमी स्याउ हाइडिसिटी, नेपालमा उत्पादन गरिएका किसी कलमी स्याउ का बेर्ने वितरण गरेको कृषि ज्ञान केन्द्र दार्चुलाका कार्यालय प्रमुख सिंद राज उपाध्यले दृष्टिकोण दैनिकलाई बताउनु भयो । वितरण हुन लागेका फलफुलका बोट बिरुवा मध्यपहाडी भेगमा उपयुक्त हुने बताउनु भयो । 
नेपालमै उत्पादन गरेका र जुम्लाको वातारणमा इटालीयन स्याउ  करिब एक वर्ष हुर्काएको र सधबाँज बैतडी सुखा फलफुल केन्द्र बाट ल्याएको प्रमुख उपाध्ययले बताउनु भयो । कृषि ज्ञान केन्द्र दार्चुलाले बिभिन्न कार्यक्रम संचालन गर्दे आएको छ । कार्यक्रमहरुमा प्रकृति कार्यक्रम तथा पशुपन्क्षी कार्यक्रम, विपन वर्गका लक्षित कार्यक्रम अन्र्तगत पालीकाले पनि किसानलाई सहयोग गरि रहेको बताउनु भयो । 

सुदुपश्रिम प्रदेशको कृषि तथा पशुपन्क्षी प्रर्वधन निमावली २०७९ बमोजिम फलफुल बगैचा स्थापना ५० प्रतिशत अनुदान, भईरहेको कृषि ज्ञान केन्द्र दार्चुलाले जनाएको छ ।गाला फुजि रेड पोनिथन रोइड डेलिसिया ,रोइला डेलिसिया, कलमी ओखर विजि ओखर स्याउ का बोट वितरण भएको  कृषि ज्ञान केन्द्र दार्चुलाले दृष्टिकोण दैनिकलाई बताउनु भएको छ  ।