नेपाल रेडक्रसले सशस्त्र प्रहरीलाई हस्तान्तरण ग¥यो उद्धार समाग्री

५ बर्ष अघि

२0७५ कार्तिक १६ शुक्रबार

नेपाल रेडक्रसले सशस्त्र प्रहरीलाई हस्तान्तरण ग¥यो उद्धार समाग्री

दृष्टीकोण समाचार, कार्तिक १६ दार्चुला । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा दार्चुलाले बाढी तथा पानीमा हुने प्रकोपबाट बचाउन प्रयोग गरिने विभिन्न उद्धार समाग्री शसस्त्र प्रहरी बल नेपाल गुल्म हेटक्वाटर नम्बर  ५० गुल्म दार्चुलालाई हस्तान्तरण गरिएको छ । झण्डै साढे सातलाख रुपैँया बराबरको रबरबोट एउटा, पानीमा प्रयोग गरिने लाइफ ज्याकेट, क्याराभेना, डोरी लगातका उद्दार सामाग्रीहरु हस्तान्तरण गरिएका हुन् । उक्त सामाग्रीहरु नेपाल रेडक्रस सोसाईटी केन्द्रीय कार्यालयबाट जिल्ला शाखामा आएको र उक्त सामाग्रीहरु शसस्त्र प्रहरीलाई हस्तान्तरण गरिएको हो । उक्त सामाग्रीको मूल्य झण्डै साढे सातलाख रुपैँया रहेको जिल्ला आपतकालिन सञ्चालन केन्द्रका राजकुमार घिमिरेले जानकारी दिनुभयो । 


शसस्त्र प्रहरी बल नेपाल गुल्महेटक्वाटर ५० नम्बर गुल्म दार्चुलामा तालिम प्राप्त १० जनाको जनशक्ति रहेको छ । शसस्त्र प्रहरीको उद्धार टोलीले सामान ग्रहण गर्दै उद्धार सम्बन्धीको कला प्रर्दशन गरेको छ । साथै आगामी दिनमा सीमा गस्ती र तालिम प्राप्त जनशक्तिका लागि अभ्यास गर्न सजिलो भएको शसस्त्र प्रहरीका गुल्मपती भिमबहादुर चन्दले जानकारी दिनुभयो । 
मालिकार्जुन गाउँपालिका वडा नम्बर सात जौलजिबीमा भएको कार्यक्रममा मालिकार्जुन गाउँपालिका वडा नम्बर सात र छ का वडा अध्यक्ष लोकेन्द्रसिह धामी र गोपालसिह धामी, नेपाल रेडक्रस सोसाइटी दार्चुलाका मन्त्री दिपक प्रसाद अवस्थी, दार्चुलाका प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्य, नेपाल प्रहरी प्रमुख नवराज अधिकारी, शसस्त्र प्रहरी प्रमुख भिमबहादुर चन्द, नेपाली सेनाका दुर्गादल गुल्म निमित्त गुल्मपती श्याम थपलीया, पत्रकार महासंघ जिल्ला अध्यक्ष शंकरसिह धामी, लगायत सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।