गाउँपालिका परिसरमै हिमपात, अपीहिमालः (फोटो फिचर)

७ महिना अघि

२0८0 माघ १९ शुक्रबार

गाउँपालिका परिसरमै हिमपात, अपीहिमालः (फोटो फिचर)

मदन राज जाेशी, नायब सुब्बा अपिहिमाल गाउँपालिका


माघ तेश्रो साता यस बर्षको हिउदे बर्षा भयो । सुदुरपश्चिम प्रदेश लगायत कर्णाली, लुम्बीनी, बागमती प्रदेशका अधिकाँश ठाउँमा बर्षा हुँदा उच्च पहाडी भेगमा हिमपात समेत भएको छ ।
यस्तै दार्चुला जिल्लाको अपिहिमाल, व्याँस, नौगाड र मार्मा गाउँपालिकाका उच्च भेगमा बर्षासँगै हिमपात पनि भएको छ । शुक्रबार मौसममा सुधार भएर घाम लागेको छ । अपीहिमाल गाउँपालिकाको कार्यालय परिसर मै हिमपात भएपछि कर्मचारीहरुले काम गर्दै हिमपातसँग रमाईलो गर्न पाएपछि एउटा सुनौलो अवसर प्राप्त भएको अनुभूति भएको अपिहिमाल गाउँपालिका शिक्षा शाखाका नायब सुब्बा मदन राज जोशीले बताउनु भयो ।
विगत बर्षको तुलनामा यस बर्ष हिमपात कम भएपनि लामो समय पछि बर्षा र हिमपात हुँदा कृषकहरु खुसी भएका छन् ।