एक पुरुषको सकुशल उद्धार

७ महिना अघि

२0८0 माघ १८ बिहीबार

एक पुरुषको सकुशल उद्धार

दार्चुलाको महाकाली नदीमा खसेका एक पुरुषको सकुशल उद्धार गरिएको छ । सशस्त्र प्रहरी दार्चुलाले महाकाली नगरपालिका वडा नम्बर १ छापरी बस्ने ४२ वर्षीय मदन कुवँरको महाकाली नदीबाट सकुशल उद्धार गरेको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार कुवँर मादप पदार्थ सेवन गरि छापरीबाट खलंगातर्फ आउदै गरेको अवस्थामा महाकाली नदी किनारमा खसेको बताइएकाे  छ । पुरुषको टाउकोमा सामान्य चोट लागेको थियो  । पुरुषको जिल्ला अस्पतालमा उपचार गराई घर  पठाएको बताईएको छ ।