दार्चुलासहित सुदूरपश्चिमका उच्च लेकाली क्षेत्रमा हिमपात

७ महिना अघि

२0८0 माघ १८ बिहीबार

दार्चुलासहित सुदूरपश्चिमका उच्च लेकाली क्षेत्रमा हिमपात

हिउँदे बर्षा भएसंगै दार्चुलासहित सुदूरपश्चिमका उच्च लेकाली क्षेत्रमा हिमपात भएको छ। यो बर्ष पहिलो पटक हिमपात भएको हो।दार्चुलाको उच्च लेकाली क्षेत्रमा हिमपात शुरु भएको स्थानीयहरुले बताएका छन्। जिल्लाको व्यास गाउँपालिका  छांगरु अपिहिमाल गाँउपालिका लगायतका ठाउँमा हिमपात भएको छ 


यस्तै  बैतडीका सतबाँझ, रौलाकेदार लगायतका उच्च क्षेत्रमा हिमपात भएको स्थानीयहरुले बताएका छन्। खप्तड लगायतका क्षेत्रहरुमा हिमपात भएको बताइएको छ। बर्षा र हिमपातले कतिपय ग्रामीण क्षेत्रका कच्ची सडकहरु अवरुद्ध भएका छन्। हिउँदे बर्षा र हिमपातले चिसो बढेको छ। यो समयमा बालबालिका तथा वृद्धवृद्धाहरुको स्वास्थ्यको ख्याल गर्नुपर्नेमा स्वास्थ्यकर्मीहरुले जोड दिएका छन्।