१४ औँ राष्ट्रपती रनिङ सिल्ट प्रतियोगिता माघ अन्तिम साता

७ महिना अघि

२0८0 माघ १७ बुधबार

१४ औँ राष्ट्रपती रनिङ सिल्ट प्रतियोगिता माघ अन्तिम साता


दार्चुलामा १४ औँ राष्ट्रपती रनिङ सिल्ड प्रतियोगिता माघ अन्तिम साता खलंगामा गर्ने निर्णय गरिएको छ । बुधबार खलंगामा बसेको समितिको बैठकले उक्त निर्णय गरेको जिल्ला खेलकुद विकास सिमितिका सचिव श्यामराज अवस्थीले जानकारी दिनुभयो । यो भन्दा पहिले पालिका स्तरिय प्रतियोगिताहरु जिल्लाका सबै पालिकाहरुमा सम्पन्न भईसकेका छन् ।

प्रतियोगिता यहीँ माघ २५,२६ र २७ गते तीनदिन शिवनगर खेल मैदानमा आयोजना गरिएको जिल्ला खेलकुद समितिका कार्यालय प्रमुख श्यामराज अवस्थीले जानकारी दिनु भयो ।यसका लागि जिल्ला खेलकुद विकास समितिले जिल्लाका नौ वटै स्थानीय तहका विद्यालयहरुलाई पालिकास्तरमा छनोट भएका विद्यार्थी खेलाडीहरुलाई सहभागी गराइदिन आग्रह गरेको छ । 

प्रतियोगितामा खेलाडी पोषक र आ–आफनो स्थानीय तहको झण्डा अनिवार्य ल्याउन तथा नौ वटै स्थानीय तहले खेलाडीहरूको फारम विद्यालय र पालिकाबाट प्रमाणित गरेर अनिवार्य समावेश गराउन भनेको छ प्रतियोगितामा भलिबल, कबड्डी, एथलेटिक्स, तेक्वान्दो र उसु संचालन हुनेछन् ।

जिल्लाबाट  उत्कृष्ट भएकाहरु खेलाडीलाई प्रदेशस्तरीय प्रतियोगितामा सहभागी गराइने व्यबस्था रहेको खेलकुद समितिका कार्यालय प्रमुख श्यामराज अवस्थीले जानकारी दिनु भयो   । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तरगत दार्चुलामा ६ बिधाका खेलहरु सञ्चालन हुने बताइएको छ ।