भाइरल ज्वरोले बालबालिका बिरामी पर्न थालेपछि विद्यालय बन्द

७ महिना अघि

२0८0 माघ १७ बुधबार

भाइरल ज्वरोले बालबालिका बिरामी पर्न थालेपछि विद्यालय बन्द

बाजुरामा भाइरल ज्वरो र रुघाखोकीबाट बालबालिका बिरामी पर्न थालेका छन् । चिसो बढेसँगै रुघाखोकी र भाइरल ज्वरोको सङ्क्रमण देखिन थालेको हो ।

लामो समयदेखि पानी नपर्दा धुलो र धुवाँका कारण समुदायमा नै रुघाखोकी फैलिएको स्वास्थ्यकर्मीको भनाइ छ । बाजुराको पूर्वी–उत्तरी भेग स्वामीकार्तिक खापर गाउँपालिकामा भाइरल ज्वरो र रुघाखोकीको सङ्क्रमण बढेपछि माझपाटा आधारभूत विद्यालय एक हप्ताका लागि बन्द गरिएको छ ।

प्रधानाध्यापक दानबहादुर धामीले भाइरल ज्वरो र रुखाखोकीले बालबालिका प्रभावित हुन थालेकाले थप फैलिन नदिन विद्यालय बन्द गरिएकोे बताउनुभयो । सङ्क्रमणबाट जोगिन खानेकुरामा ध्यान दिने, झोलिला खानेकुरा खाने, तातोपानीको प्रयोग गर्ने, न्यानो कपडा लगाउने, हाँछ्यु गर्दा नाख, मुख छोप्ने र हिँडडुल गर्दा वा अन्य व्यक्तिसँगै रहँदा अनिवार्य मास्कको प्रयोग गर्न उहाँको सुझाव छ ।