स्वतन्त्र विध्यार्थी युनियनले मनायो सहिद दिवस

७ महिना अघि

२0८0 माघ १६ मंगलवार

स्वतन्त्र विध्यार्थी युनियनले मनायो सहिद दिवस

दार्चुलामा सहिद दिवस धुमधामका साथ मनाईएको छ । सीप विकासमा निर्पुण बन्नुहोस र सिकाउनुहोस भन्ने मुल नाराका साथ   मंगलबार सहिद दिवसको अवसर पारी दार्चुला बहुमखी क्यामपस स्वतन्त्र विध्यार्थी युनियनले शैक्षिक लेखन र व्यक्तित्व विकास रतनात्मक क्षमताअभिवृदि सम्बन्धि ३ दिने तालिम संचालन गरेको छ ।

तालिम माघ १६ देखि  १८ सम्म आयोजना गरेको स्वतन्त्र विध्यार्थी युनियनका अध्यक्ष कृष्ण धामीले दृष्टिकोण दैनिकलाई बताउनु भयो । कार्यक्रमको अध्यक्षतमा स्वतन्त्र विध्यार्थी युनियनका अध्यक्ष कृष्ण धामी ,प्रमुख अथितिमा महाकाली नगरपालीका नगर प्रमुख नर सिंह चैसिर विशिष्ट अथिति दार्चुला बहुमखी क्यामपसका क्यामपस प्रमुख नरेन्द्र राज अवस्थी अथिति पुर्व क्यामपस प्रमुख कृष्ण साउद प्रशिक क्यामपसका उप प्रध्यापक धाना धामी पदम सिंह बडाल  र विध्यार्थीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रम संचालन पुर्व विध्यार्थी नरेन्द्र राज जाशीले गरेका थिए भने कार्यक्रम समापन स्रगै दार्चुला बहुमखी क्यामपसले सहिद दिवसको अवसर पारी क्यामपसमा दिप प्रज्वलन ,राधा कृष्ण चोकमा दिप प्रज्वलन पिपलबोट चोकमा दिप प्रज्वलन संगै  सामन्य कोण सभा राखी कार्यक्रम समापन गरेको  स्वतन्त्र विध्यार्थी युनियनका अध्यक्ष कृष्ण धामीले बताएका छन ।