१६ बर्षीया किशोरी मृत फेला

७ महिना अघि

२0८0 माघ १६ मंगलवार

बैतडीमा एक किशोरी मृत फेला परेकी छन् । जिल्लाको दशरथचन्द नगरपालिका– ६ थालीगडाकी १६ बर्षीया रेखा धामी मंगलबार मृत फेला परेकी हुन् । आफ्नै घरको कोठाको पंखामा झुण्डिएको अवस्थमा धामी फेला परेकी जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक नन्दराज जोशीले जानकारी दिए । घटनाका बिषयमा थप अनुसन्धान भइरहेको उनले बताए ।