नेपाली काँग्रेसको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम 

५ बर्ष अघि

२0७५ कार्तिक १६ शुक्रबार

नेपाली काँग्रेसको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम 


दृष्टिकोण समाचार कार्तिक १६, दार्चुला । नेपाली काँग्रसले देशभरी शुभकामना तथा  चियापान कार्यक्रम सञ्चालन गरे संगै दार्चुला जिल्लामा नेपाली काँग्रेसले उक्त कार्यक्रम सञ्चालन गरेको हो । “सामाजिक सद्भाव र सुुसंस्कृत व्यवहार अभिवृद्धि गरौँ” भन्ने मुल नाराका साथ शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम नेपाली काँग्रेसले पार्टी कार्यालय दार्चुलामा आयोजना गरेको छ । नेपाली काँग्रेस दार्चुलाका जिल्ला सभापति ललितसिँह बोहराको अध्यक्षतामा कार्यक्रम सञ्चालन भएको कार्यक्रममा नेपाली काँग्रसका उपसभापतीका अमरसिँह धामी, जिल्ला विवेकशील साझा पार्टीका जिल्ला संयोजक चक्र बम,राष्ट्रिय जनमोर्चाका अध्यक्ष मनबिर दमाई, प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्य, जिल्ला समन्वय समितिका प्रमुख करबिर कार्की, नेपाल पत्रकार महासंघ दार्चुलाका अध्यक्ष शंकरसिँह धामी लगायत दार्चुला बहुमुखी क्याम्पसका उपप्रमुख धाना धामीले शुभदिपावली तथा छठ पर्वको शुभकामना मन्तव्य राखेका छन् । नेपाली काँग्रेस पार्टी दार्चुलाका सचिब हरक सिँह विष्टले सञ्चालन गर्नुभएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, विभिन्न स्थानिय तहका जनप्रतिनिधि, सञ्चारकर्मी लगायत नेपाली काँग्रेस पार्टी दार्चुलाका कार्यकर्ताहरुको पनि सहभागिता रहेको छ ।