जिप दुर्घटनामा १ जनाको मृत्यु ,चालक सहित ७ जना घाइते

७ महिना अघि

२0८0 माघ १६ मंगलवार

जिप दुर्घटनामा १ जनाको मृत्यु ,चालक सहित ७ जना घाइते

बैतडीमा जिप दुर्घटना भएको  छ । जिल्लाको दोगडाकेदार  गाउँपालिका  वडा नं  २ कटौजपानीमा  मंगलबार दिउँसो  २ बजे  जिप दुर्घटना भएको  हो ।  सिल्लेगडा बजारबाट यात्रु बोकेर कालागोरा गाउँ जाँदै गरेको  सु प्र ०१००ज १५३७ नम्बरको बोलेरो जिप कटौज पानीमा दुर्घटनामा परेको  जिल्ला प्रहरी कार्यालय  बैतडीका  प्रवक्ता नन्दराज जोशीले जानकारी  दिए ।

जिप दुर्घटना हुँदा १ जनाको  मृत्यु भएका्  छ  भने चालक सहित  ७ जना घाइते भएका  छन् । जिपमा सवार वडा नं ८ कालागाउँकी १५ वर्षिया मनिषा विष्टको घटनास्थलमै मृत्यु भएको प्रहरी प्रवक्ता जोशीले बताए । घाइते हुनेमा कालागाउँक ५०  वर्षिय बिरे लुहार, २६ वर्षिया   घुमरा विष्ट, ४० वर्षिया कृष्णा विष्ट,७० वर्षिया हरिमाया विष्ट, १७ वर्षिय महेश विष्ट र ३० वर्षिय  जिप चालक भुपेन्द्र विष्ट रहेका छन् । घाइते मध्ये चालकको  अवस्था गम्भीर रहेको र बाँकीको  अवस्था मध्यम रहेको  प्रहरीले  जनाएको  छ ।

 घाइतेहरुको  जिल्ला अस्पताल बैतडीम उपचार भैरहेको  छ ।   प्रहरीका अनुसार जिपमा ८ जना सवार थिए । जिप सडकबाट ५० मिटर तल खसेको  बताइएको  छ । दुर्घटनाको  कारण खुलेको  छैन् । थप अनुसन्धान भैरहेको  प्रहरीले  जनाएको  छ ।