विवाहित महिलाको शंकास्पद मृत्यु, दाइजोका कारण हत्या गरिएको आरोप

७ महिना अघि

२0८0 माघ १५ सोमबार

विवाहित महिलाको शंकास्पद मृत्यु, दाइजोका कारण हत्या गरिएको आरोप

रौतहटको सदरमुकाम गौर नगरपालिका–४, गढवा टोलमा एक जना विवाहित महिलाको शंकास्पद मृत्यु भएको छ । मृतकको माइती पक्षले दाइजोको निहुँमा हत्या भएको आरोप लगाएको छ ।
मौलापुर नगरपालिका, बौधाटोल घर भइ हाल गौर–४ मा बस्दै आएका सुनिल बैठाकी २१ वर्षीय श्रीमती पुनम बैठा दुई दिन अघि आफ्नै घरमा पासो लगाएर झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन् । पुनमले घरको ढोका भित्रैबाट लगाएर आत्महत्या गरेको घरका सदस्यहरुले बताउँदै आएका छन् ।
दाइजोको विषयलाई लिएर छोरी पुनमलाई घर पक्षकाले शारीरिक र मानसिक यातना दिने गरेको आरोप लगाउँदै उनले ज्वाइँ सुनिल बैठा र उनकी आमा मिलेर आफ्नो छोरीको हत्या गरेर घरमा झुण्ड्याएको दाबी गरेका छन् ।

बिहेमा नगद रुपैयाँ कम दिएको, पलङ नदिएको भन्दै यातना दिँदै आमाछोरा मिलेर छोरी पुनमको हत्या गरेको मृतकका बुबाको दाबी छ । ज्वाइँ संजय बैठाले आफ्नो बुबा बिजुली बैठाको इशारामा यो घटना गरेको पुनमको माइती पक्षको आरोप छ ।
पोष्टमार्टम रिपोर्ट र अनुसन्धानबाट हत्या ठहर भएमा जोसुकै अपराधी भए पनि कारबाहीको दायरामा ल्याउने उनले बताइन् ।