वडा अध्यक्षले गरे निःशुल्क विद्युत मिटर वितरण

७ महिना अघि

२0८0 माघ १५ सोमबार

वडा अध्यक्षले गरे निःशुल्क विद्युत मिटर वितरण

बैतडीको मेलौलीमा विपन्न परिवारलाई निःशुल्क विद्युत मिटर वितरण गरिएको  छ । नगरपालिकाको  वडा नं ३ सेलढुङा चिनाडी टोलका परिवारलाई विद्युत मिटर निःशुल्क वितरण गरिएको वडा अध्यक्ष गगन सिंह भाटले जानकारी दिए । ८ ओटा विपन्न परिवारलाई आफुले मिटर निःशुल्क उपलब्ध गराएको उनले  बताए । ४ परिवारलाई  वितरण भैसकेको र ४ ओटा मिटर छिट्टै  वितरण गरिने वडा अध्यक्ष भाटले बताउनु भयो ।

आर्थिक अवस्था कमजोर भएका नागरिकहरुलाई आफ्नै लगानीमा मिटर खरिद गरेर निःशुल्क मिटर वितरण गरिएको उनको भनाई छ । अध्यक्षले निःशुल्क रुपमा मिटर उपलब्ध गराएपछि विपन्न परिवार खुसि भएक छन्।