एक किशोरी झुन्डिएको अवस्थामा मृत फेला

७ महिना अघि

२0८0 माघ १५ सोमबार

एक किशोरी झुन्डिएको अवस्थामा मृत फेला

दार्चुलामा एक किशोरी मृत फेला परेकी छन् ।जिल्लाको मालिकार्जुन गाउँपालिका(४ बाजकी अन्दाजी १८ वर्षीया करिष्मा धामी झुन्डिएको अवस्थामा मृत फेला परेकी हुन् ।

आज बिहान धामी घरभन्दा टाढा रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट प्रहरी निरीक्षक ज्ञानेन्द्र बहादुर सिंहको कमाण्डमा प्रहरी टोलि घटनास्थलतर्फ गएको छ ।