टर्कीले अमेरिकासँग २३ अर्ब डलरमा लडाकु विमान खरिद र मर्मत गर्ने

७ महिना अघि

२0८0 माघ १३ शनिबार

टर्कीले अमेरिकासँग २३ अर्ब डलरमा लडाकु विमान खरिद र मर्मत गर्ने

टर्कीले स्वीडेनलाई नेटोको सदस्यता अनुमोदन गर्ने निर्णय गरेसँगै अमेरिका र टर्कीबीच लडाकु विमान खरिदको सम्झौता भएको छ ।टर्कीले चार वर्षदेखि अमेरिकासँग अत्याधुनिक सैन्य विमान खरिद गर्ने योजना बनाए पनि अमेरिकाले स्वीडेनलाई नेटोको सदस्य बन्ने बाटो खोलिदिनुपर्ने सर्त राखेको थियो।

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले नेटोमा स्वीडेनको सदस्यतालाई अनुमोदन गरेसँगै अमेरिकी सरकारले टर्कीलाई ४० वटा नयाँ एफ–१६ लडाकु विमान बेच्ने सम्झौतालाई अनुमोदन गरेको हो ।

यो सम्झौता २३ अर्ब डलरको छ । यस्तै, टर्कीमा रहेका ७९ वटा एफ–१६ विमानको आधुनिकीकरणको पनि सम्झौता भएको छ । टर्कीले सन् २०२१ देखि नै नयाँ लडाकु जहाज खरिद र पुरानाको आधुनिकीकरणको लागि अमेरिकासँग आग्रह गर्दै आएको थियो । तर रुस वरपरका देशलाई नेटो देशका सदस्य बनाएर घेर्ने रणनीति लिएको अमेरिकाले स्वीडेनलाई नेटोको सदस्यता दिनुपर्ने सर्त राख्दै आएको थियो ।