सुदूरपश्चिम भलिबलका कप्तानमा दार्चुलाका नवराज धामी

७ महिना अघि

२0८0 माघ १३ शनिबार

सुदूरपश्चिम भलिबलका कप्तानमा दार्चुलाका नवराज धामी

दार्चुलाका खेलाडी नवराज धामी सुदूरपश्चिम प्रदेश भलिबलका कप्तान बनेका छन । दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिका–२ देथलामा जन्मेका धामी सुदूरपश्चिम प्रदेश भलिबलका कप्तान बनेका हुन । सानैदेखि भलिबल खेल्दै आएका धामी पछिल्लो समय निक्कै उकृष्ट प्रदर्शन गर्दै आएका छन् ।विकट जिल्लामा जन्मेर भलिबलको सफलता चुमेका धामीलाई सुदूरपश्चिमको कप्तानी गर्ने अवसर प्राप्त भएको छ । विगत १० देखि भलिबल खेल्दै आएका धामीलाई सुदूरपश्चिमको कमाण्ड गर्ने जिम्मेवारी आएसँगै थप चुनौती थपिएको हाे ।

२४ वर्ष लागेका धामीसँग उत्कृष्ट टिमसँग पनि प्रतिस्पर्धा गरेको अनुभव छ । उनको अनुभव, खेल कला र भविष्य देखेर नै सुदूरपश्चिमको कप्तानमा नियुक्त गरिएको हो । सुदूरपश्चिमले धामीको कप्तानीमा तेस्रो मुख्यमन्त्री भलिबल प्रतियोगिता खेल्ने भएको छ ।