थाईल्याण्ड र नेपालबीच ऐतिहासिक हवाई सम्झौता नेपालका जुनसुकै   विमानहरु थाइल्याण्ड जाने ।।

५ बर्ष अघि

२0७५ कार्तिक १६ शुक्रबार

थाईल्याण्ड र नेपालबीच ऐतिहासिक हवाई सम्झौता नेपालका जुनसुकै   विमानहरु थाइल्याण्ड जाने ।।

काठमाडौं – नेपाल र थाईल्याण्डबीच सन् १९७१ मा भएको हवाई सम्झौता नवीकरण भएको छ । थाइल्यान्डको बैंककमा भएको सम्झौतापछि नेपालका जुनसुकै विमान थाइल्याण्ड जान पाउने बाटो खुलेको समझदारी पत्रमा हप्तामा कम्तीमा २८ वटा जहाज उडान हुने र नेपालका जुनसुकै विमान थाइल्याण्ड जान पाउने उल्लेख छ । दुबै देशले कार्गो विमानको संख्यामा सीमा नतोक्ने पनि उल्लेख छ ।
यस्तै नेपालका निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थलमा थाई विमानद्वारा उडान गर्न उत्प्रेरित गर्ने पनि सम्झौता भएको छ । समझदारीमा तेस्रो देशसँग ‘कन्ट्री कोड’ सम्झौता गरेर पनि उडान गर्न सक्ने उल्लेख छ ।
नेपाली पक्षका  वायुसेवा कम्पनीले दुई वटा दक्षिण एसियाली, दक्षिण पूर्वी एसियाली र पूर्वी एसियाली देशमा मध्यस्थ बिन्दुको रुपमा तथा दुईवटा दक्षिण पूर्वी एसियाली, उत्तरपूर्व र प्रशान्त क्षेत्रका देशमा गन्तव्यपछि पाँचौ हवाई ट्राफिक गन्तव्यको रुपमा प्रयोग गर्न सकिने पनि उल्लेख गरिएको छ ।
थार्इ पक्षले भारतबाहेकका २ वटा दक्षिण एसियाली, दक्षिण पूर्वी एसियाली र मध्य पूर्वका देशमा मध्यविन्दुको रुपमा दुईवटा र भारतको नयाँ दिल्लीबाहेकका अरु दुईवटा गन्तव्य पछिको बिन्दुमा पाँचै हवाई ट्राफिकको रुपमा प्रयोग गर्न पाइने पनि सहमति भएको छ  । 
नेपालले भ्रमण वर्ष २०२० मनाउने तयारी भैरहँदा थाइल्याण्डसँग भएको सम्झौतालाई निकै महत्वका साथ हेरिएको छ ।