दार्चुलामा  आइतबार भोलि कबड्डी खेलाडी छनोट गरिने

७ महिना अघि

२0८0 माघ १३ शनिबार

दार्चुलामा  आइतबार भोलि कबड्डी खेलाडी छनोट गरिने

दार्चुलामा  आइतबार भोलि कबड्डी खेलाडी छनोट गरिने भएको छ । सुदुरपश्श्रिम प्रदेश   कबड्डी संघको आयोजनामा प्रो कबड्डी लिग पछिको दोस्रो ठुलो सुपर युथ कबड्डी आउँदो चैत महिना कञ्चनपुर महेन्द्रनगरमा संचालन हुने भएको छ ।

उक्त खेलको लागि जिल्लाबाट कबड्डी खेलाडी छनोट गरिने कबड्डी संघ दार्चुलाले जनाएको छ । कबड्डी छनोट प्रक्रिया जिल्लाको महाकाली नगरपालिका वडा नम्बर ४ शिवनगर खेल मैदानमा बिहान नौ बजे गरिने जनाएको  छ ।