कैलालीमा केराका थामबाट रेसा उत्पादन

७ महिना अघि

२0८0 माघ १३ शनिबार

कैलालीमा  केराका थामबाट रेसा उत्पादन

कैलालीको टीकापुर–८ धनसिंहपुरमा केराको थामबाट रेसा उत्पादन थालिएको छ । धनसिंहपुर एकता समाज बचत तथ ऋण सहकारी संस्थाले उद्योग स्थापना गरी रेसा उत्पादन थालेको हो । उत्पादन भएको रेसा कपडा र बिछ्याउने कार्पेट बनाउन प्रयोग हुन्छ ।

सहकारीले उत्पादन गरेको कच्चा पदार्थ बिक्री गर्न काठमाण्डौ ल्याइने भएको छ । सहकारीले काठमाण्डौको एक कपडा उत्पादन गर्ने उद्योगसँग कच्चा पदार्थ बिक्री गर्ने सहमतिअनुसार उद्योग स्थापना गरिएको धनसिंहपुर एकता समाज बचत तथ ऋण सहकारी संस्थाका व्यवस्थापक रामकृष्ण चौधरीले जानकारी दिनुभयो ।

केराको रेसा उत्पादनका लागि सहकारीले प्राविधिकसहित दुई जना कर्मचारी राखेर काम थालेको छ । केराको थामबाट रेसा उत्पादन गर्ने सुदूरपश्चिमा पहिलो उद्योग भएको व्यवस्थापक चौधरीले बताउनुभयो ।