त्रिभुवन विमानस्थलमा भएको कुटपिटको घटना छानबिन गर्न समिति गठन

७ महिना अघि

२0८0 माघ १३ शनिबार

त्रिभुवन विमानस्थलमा भएको कुटपिटको घटना छानबिन गर्न समिति गठन

त्रिभुवन विमानस्थलमा प्रहरी र अध्यागमन कार्यालयका कर्मचारीबीच भएको कुटपिटको घटना छानबिन गर्न समिति गठन भएको छ। शुक्रबार दिउँसो अध्यागमन कार्यालयका कर्मचारी र विमानस्थलमा चेकजाँचमा खटिएका प्रहरीबीच कुटपिट भएको थियो।उक्त घटनाको छानिबनका लागि गृह मन्त्रालयले सहसचिव थानेश्वर गौतमक संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको हो।

समितिमा नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक राजेशनाथ बाँस्तोला र अध्यागमन प्रशासन शाखाका उपसचिव कुलबहादुर जिसी सदस्य छन्।समितिलाई सोमबारको उक्त घटनाबारे छानबिन गरी तीन दिनभित्र प्रतिवेदन बुझाउन भनिएको गृह मन्त्रालयका उपसचिव तथा सूचना अधिकारी एकदेव अधिकारीले जानकारी दिए।


शुक्रबार दिउँसो अध्यागमन अधिकृत छायालाल मोक्तान र विमानस्थल अध्यागमन कार्यालय प्रमुख गोगनबहादुर हमालमाथि प्रहरीले शुक्रबार दिउँसो हातपात गरेका थिए।