प्रधानमन्त्री कप क्रिकेटमा पुलिसको लगातार छैटौँ जित

७ महिना अघि

२0८0 माघ १२ शुक्रबार

प्रधानमन्त्री कप क्रिकेटमा पुलिसको लगातार छैटौँ जित

प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लब लगातार छैटौँ खेलमा विजयी भएको छ ।

कीर्तिपुरमा आज भएको खेलमा पुलिसले कर्णाली प्रदेशलाई छ विकेटले हरायो । कर्णालीले दिएको १ सय ७२ रनको लक्ष्य नेपालले २३ ओभर ४ बलमै भेटायो । पुलिसका दिलिप नाथले नट आउट ७५, कुशल भुर्तेलले ४३, कप्तान दीपेन्द्रसिंह ऐरीले ३४ रन बनाए । कर्णालीका प्रकाश जैशीले २ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको कर्णाली ४२ ओभर ५ बलमै १ सय ७१ रनमा अल आउट भयो । कर्णालीका निश्चल रावलले ५०, कप्तान रविन्द्र शाहीले ४० रन बनाए । पुलिसका सागर ढकालले ३, ललित भण्डारीले २ विकेट लिए । पुलिस १२ अङ्कसहित तालिकाको शीर्ष स्थानमा यथावत् छ । कर्णाली छ अङ्कसहित सातौँ स्थानमा छ ।