बाटोमै छोरालाई जन्म दिइन् कल्पनाले

७ महिना अघि

२0८0 माघ १२ शुक्रबार

बाटोमै छोरालाई जन्म दिइन् कल्पनाले

B bhai darchule


सुत्केरी व्यथा लागेर शुक्रबार विहान अस्पताल आउने क्रममा दार्चुलाकाे महाकाली नगरपालिका ४ खलंगा बसपार्कमा कल्पना लोहारले बाटोमै बच्चा जन्माईन् । दार्चुलाको व्याँस गाउँपालिका वडा नम्बर ६ हुती घर भई खलंगामा डेरा गरी बस्ने कल्पनालाई सुत्केरी व्यथा लागेर जिल्ला अस्पताल दार्चुला ल्याउने क्रममा बसपार्कमा बच्चा जन्मेको कल्पनाका श्रीमान सविन्द्र लोहारले जानकारी दिनुभयो ।
जिल्ला अस्पताल नपुग्दै बाटोमै बच्चा जन्मीए पछि जिल्ला अस्पताल दार्चुलाका स्टाफ नर्स लक्ष्मी धामीले बसपार्कमै गर्भवतीको उपचार गरी थप उपचारका लागि जिल्ला अस्पताल दार्चुलामा राखिएको छ । 
अहिले आमा र बच्चाको अवस्था सामान्य रहेको जिल्ला अस्पताल दार्चुलामा कार्यरत डा‍. बिपिन मिश्रले जानकारी दिनुभयाे ।