मन्दिर खुलेको पहिलो दिन मै तिन करोड दान

७ महिना अघि

२0८0 माघ ११ बिहीबार

मन्दिर खुलेको पहिलो दिन मै तिन करोड दान

भारतकाे अयोध्यामा श्रीराम मन्दिर सर्वसाधारणका लागि खुलेको पहिलो दिन नै तीन करोड भारुभन्दा धेरै दान सङ्कलन भएको छ ।  मन्दिर उद्घाटन भएको अर्कोे दिन ठूलो सङ्ख्यामा भक्तजन दर्शनका लागि पुगेका छन् । गएको मङ्गलवार ठूलो तामझामका साथ अयोध्यामा राम मन्दिरको उद्घाटन र प्राणप्रतिष्ठा सम्पन्न भएको थियो ।बुधवारदेखि मन्दिर सर्वसाधारणका लागि खुला गरेसँगै भीड बढेको छ । पहिलो दिन पाँच लाख जना भक्तजन पुगेका थिए । उनीहरूले अनलाइनमार्फत तीन करोड १७ लाख भारु दान गरेका बीबीसी हिन्दीले जनाएको छ ।