तिहारको दोस्रो दिन आज कुकुर पुजा र लक्ष्मी पूजा गरि मनाइदै

१0 महिना अघि

२0८0 कार्तिक २६ आईतवार

तिहारको दोस्रो दिन आज कुकुर पुजा र लक्ष्मी  पूजा गरि मनाइदै

तिहारको आज दोस्रो दिन, घरघरमा कुकूरको पुजा गरि मनाइएको  छ । कुकुरलाई फूल, माला र टीका लगाइ  खानेकुराहरु दिइ पूजा गर्ने परम्परा रही आएको छ । कुकुरलाई इमानदाारिताको प्रतिक र धार्मीक रुपमा  भैरवको वाहन मानिन्छ । ्
आजै साँझ लक्ष्मीको पूजाआराधना गरी लक्ष्मीपूजा पनि मनाइँदैछ । आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी, अटाली, भर्याङलगायत स्थानमा सरसफाइ गरी दीपावली गरिन्छ । आज एकै दिन नरकचतुर्दशी, कुकुरतिहार, लक्ष्मी पूजा दीपमालिका परेको छ ।