सुनचाँदीको कारोबार बढ्यो,

१0 महिना अघि

२0८0 कार्तिक २४ शुक्रबार

सुनचाँदीको कारोबार बढ्यो,

तिहारलाई लक्षित गरेर सुनचाँदीको कारोबार बढेको छ । आजको दिन सुनचाँदीको कारोबार सबैभन्दा धेरै हुन्छ ।

हिजो र अस्ति दैनिक २५ किलोकाे हाराहारीमा सुनको कारोबार भएकोमा आज ४० किलो नाघ्ने अनुमान रहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अध्यक्ष माणिकरत्न शाक्यले बताउनुभयो । उहाँका अनुसार आजकै अनुपातमा लक्ष्मी पूजाको दिन पर्सि आइतवार पनि कारोबार हुने अनुमान छ ।

२०७२ सालको भूकम्पअघि तिहारका बेला दैनिक ५० किलोको हाराहारीमा सुनको कारोबार हुने गरेको थियो । त्यसपछि भने भूकम्प, कोरोनालगायतका कारण आर्थिक मन्दी हुँदा कारोबार घट्दै गएको छ ।यस्तै, तिहारमा चाँदीको कारोबार पनि बढेको छ ।