त्रिभुवन विमानस्थलबाट एक लाख युआनसहित चिनियाँ नागरिक पक्राउ

१ बर्ष अघि

२0८0 श्रावण १८ बिहीबार

त्रिभुवन विमानस्थलबाट एक लाख युआनसहित चिनियाँ नागरिक पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक लाख चिनियाँ युआनसहित चिनियाँ नागरिक पक्राउ परेका छन् ।
अवैध रूपमा लुकाई छिपाई बाह्य मुलुकतर्फ लैजान लागेको सो रकमसहित ५८ वर्षीय होङग होङग बुधबार बिहान पक्राउ परेका हुन् ।
एयर चाईनाको उडानद्वारा काठमाडौंबाट चीनको छेन्दु प्रस्थान गर्न लागेका उनलाई विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ह्‍याण्ड ब्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा उनको झोलाबाट उक्त चिनियाँ युआन फेला परेको बताइएको छ ।
उनलाई कानूनी कारवाहीको लागि राजश्‍व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाइएको छ ।