दार्चुलाका टावरहरु घामको भरमा चल्दै ः एउटा पनि टावरमा छैन विद्युतीकरण

५ बर्ष अघि

२0७५ कार्तिक १६ शुक्रबार

दार्चुलाका टावरहरु घामको भरमा चल्दै ः एउटा पनि टावरमा छैन विद्युतीकरण

 ललित सामन्त ,कार्तिक १६ दार्चुला ।

दार्चुलाका टावरहरु घामको भरमा चल्दै आएका छन् । दार्चुला कुनै पनि टावरहरुमा विद्युतिकरण नगरिदा सेवा ग्राहीहरु भने मर्कामा पर्ने गरेका छन् । दार्चुला जिल्लाको मुख्य टावरको रुपमा रहेको बालीश्खिर स्थित नेपाल टेलिकमको टावरमा समेत विद्युतीकरण नहुदा दार्चुला जिल्ला नै फोन तथा इन्टरनेटबाट बच्चित हुने गरेको छ । दार्चुला जिल्ला भरिको फोन तथा इन्टरनेट सेवा प्रवाह हुने मुख्य टावर बालिश्खिर टावरमा समेत विद्युतीकरण नहुदा घामको भरमा चल्ने गरेको छ । जिल्लाका विभिन्न ठाउँमा रहेका नेपाल टेलिकमका टावरमा सोलार बाट नै सुचारु भएको छ । दार्चुलाका अधिकाश क्षेत्रमा सोलारबाट नै सेवा दिइरहेको नेपाल टेलिकम दार्चुलाका कार्यालय प्रमुख कृष्ण बहादुर गुरुङले बताउनु भयो । दार्चुलाकै मुख्य रिपीटर टावरको रुपमा रहेको बालिश्खिर टावरमा विद्युतीकरण आपूर्ति नहुदा कुनै दिन हप्तौ सम्मपनि फोन तथा इन्टरनेट बाट बञ्चित हुने गरेको पनि कार्यालय प्रमुख गुरुङले बताउनु भयो । वालिश्खिर टावर बन्द रहेमा पुरै जिल्ला नै सञ्चार विहिन हुनेपनि उहाले बताउनु भयो । दार्चुलाका अन्य नेपाल टेलिकमका टावरहरु १३÷१४ ठाउँमा भएतापनि अन्य ठाउँका टावरहरुले भने त्यति सेवा नदिने र वालिशिखर टावरले पुरै जिल्लामा नै सञ्चार पुगाउने भएकाले उतm टावरमा नै विद्युतिकरण नहुदा दार्चुलाका सेवा ग्राही भने बेला बेला फोन तथा ईन्टरनेट बाट पछिपरेको उहाँले बताउनु भयो । नेपाल टेलिकम दार्चुलाले विद्युतीकरणका लागि बजेट पनि छुटाएको र टेन्डर पनि पास भएर आएको टेलिकमले जनाएको छ । उता विद्युत प्राद्यिकरणले भने शिखर लटिनाथ अमर अनिल निर्माण सेवा लाई काम दिएको र अरु ठाउँको टावरमा भने काम लगभग सकिन लागेको र एउटा मात्रै बालिशिखरको मात्रै रहेको त्यहाँ दार्चुलाको महाकाली नगरपालीका वार्ड नम्बर ७ धौउकोटमा सामुदायिक वन परेकोले र दार्चुलाका महाकाली नगरपालीका वार्ड नम्बर ७ का स्थानीहरुले रुख काट्न नदिएपछि काम रोकिएको शैल्यशिखर नगरपालीकाका नगर प्रमुख अमर सिह धामीले बताउनु भयो । उतm क्षेत्रको कामका लागि जम्मा बजेट ७ लाख रहेको पनि धामीले बताउनु भयो काम गर्न केही समस्या भएको विद्युत प्राधिकरण दार्चुलाका कार्यालय प्रमुख दयाराम शर्माले जानकारी दिनु भएको छ ।