भारतका चर्चित आचार्य धीरेन्द्रकृष्ण नेपाल आउँदै, पशुपतिमा आरती, शाश्वतधाममा कथा वाचन

१ बर्ष अघि

२0८0 श्रावण १८ बिहीबार

भारतका चर्चित आचार्य धीरेन्द्रकृष्ण नेपाल आउँदै, पशुपतिमा आरती, शाश्वतधाममा कथा वाचन

काठमाडौं । भारत मध्य प्रदेशको बागेश्वरधामका संस्थापक आचार्य धीरेन्द्रकृष्ण शास्त्रीले शाश्वतधाममा हनुमन्त कथा वाचन गर्ने भएका छन्।

चौधरी समूह एवम् सीजीकर्प ग्लोबलका प्रबन्ध निर्देशक वरुण चौधरीको निमन्त्रणामा बागेश्वरधाम सरकारको शाश्वतधाम कथा वाचन यात्रा तय भएको चौधरी ग्रुपले जनाएको छ ।

भदौ २ देखि ४ गतेसम्म उनले नेपालको शाश्वतधाममा हनुमन्त कथा वाचन गर्ने चौधरी समूहले जानकारी दिएको छ।

धीरेन्द्रकृष्ण शास्त्री बागेश्वरधाम सरकारका नामले चर्चित छन्। नवलपुरमा चौधरी समूहले शाश्वतधाम निर्माण गरेको हो। सो धाम पछिल्लो समय हिन्दु धर्मावलम्बीहरूमाझ धार्मिक स्थलको रूपमा चर्चित छ। बागेश्वरधाम सरकारले सामाजिक सञ्जाल मार्फत भिडियो सन्देश दिँदै शाश्वतधाममा हनुमन्त कथा प्रवचनको अवसरलाई यस क्षेत्रका समस्त सनातन धर्मप्रति आस्थावान भक्तजनहरूले उपयोग गर्न आग्रह गरेका छन्।

उनले शाश्वतधाममा कथा वाचनमा जानु अगाडि १ भदौमा काठमाडौँमा पशुपतिनाथको दर्शन गर्ने कार्यक्रम छ। सोही दिन उनी पशुपतिनाथको सन्ध्या आरतीमा समेत सहभागी हुने छन्। त्यसपछि उनी नवलपुरस्थित शाश्वतधाम प्रस्थान गर्ने कार्यक्रम छ।