दलितको उम्मेदवारी जनसंख्याका आधारमा सुनिश्चित गर्न माग

१ बर्ष अघि

२0८0 श्रावण १३ शनिबार

दलितको उम्मेदवारी जनसंख्याका आधारमा सुनिश्चित गर्न माग

काठमाडौँ । विभिन्न राजनीतिक दलका नेता तथा सांसदहरुले जनसङ्ख्याका आधारमा निश्चित प्रतिशत नै तोकेर निर्वाचनमा दलितहरुको उम्मेदवारी सुनिश्चित गर्न माग गरे ।

दलित महिला सङ्घ ९फेडो० ले यहाँ आज आयोजित निर्वाचन व्यवस्थापन विधेयकको मस्यौदामाथि सङ्घीय स्तरमा छलफल कार्यक्रममा सांसदहरुले प्रत्यक्ष निर्वाचन प्रणालीमा राजनीतिक दलले उम्मेदवारी दिँदा सङ्घ र प्रदेशमा दलित समुदायको जनसङ्ख्याका आधारमा निश्चित प्रतिशत नै तोकेर अनिवार्य उम्मेदवार दिनुपर्ने व्यवस्था गर्न माग गरेको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले दलित समुदायभित्र पनि दलित महिलाको प्रतिनिधित्वका निम्ति दलित समुदायका पुरुष नै बोल्नुपर्नेमा जोड दिए ।

नेकपा माओवादी केन्द्रका नेता तथा सांसद रणेन्द्र बराइलीले दलित समुदायले आफैँले पार्टी खोल्नेभन्दा पनि प्रतिनिधित्वको निम्ति भइरहेका पार्टीभित्र सङ्घर्ष गर्दै हस्तक्षेपकारी भूमिका निर्वाह गर्नुपर्ने बताए ।