७ दिने मानसखण्ड दार्चुला धार्मिक महोत्सव समापन 

५ बर्ष अघि

२0७५ कार्तिक १५ बिहीबार

७ दिने मानसखण्ड दार्चुला धार्मिक महोत्सव समापन 

ललित सामन्त, कार्तिक १५ दार्चुला । 
सात दिने मानसखण्ड दार्चुला धार्मिक महोत्सव समापन भएको छ । जिल्ला समन्वय समिति प्रमुख करविर बहादुर कार्कीको प्रमुख आर्थित्यता तथा महाकाली नगरपालीका नगर प्रमुख हंष राज भटट्को प्रमुख आर्थित्यतामा उतm कार्यक्रम सम्पन भएको हो ।समापन कार्यक्रममा बोल्दै दार्चुला धार्मिक महोत्सवका सचिवालय प्रमुख एवम् विद्यालयका प्रधानाध्यापक राम दत्त जोशीले शुभकामना मन्तव्य राख्दै विद्यालयले यो एउटा ठुलो कार्य सम्पन भएको र ६६ औ वर्षपछि यो दार्चुला धार्मिक महोत्सव गर्न पाएकोमा र यो कार्यलाई सहयोग गर्नुहुने सम्पुर्ण व्यतिmहरुलाई धन्यबाद समेत दिनुभएको छ । कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका सभापति ललित सिह बोहोराले दार्चुला जिल्लाको सदरमुकाममा रहेको महेन्द्र नमुना  मा वि को लागि आफनो पार्टीले अतिठुलो कामगरिहेको पनि बताउनु भयो । अहिलेको नयाँ भवन पनि दार्चुला बाट निर्वाचित प्रतिनिधि सभा समानुपातीक सासंद दिलेन्द्र प्रसाद बडुले नै गरेको दाबी गरेका छन त्यस्तै उहाँले अहिलेका जनप्रतिनिधिहरुलाई भाषण भन्दापनि काम गरेर अगाडी बढन् आग्रह गरेका छन् ।कार्यक्रममा बोल्दै मालिकार्जुन गाउँपालीका अध्यक्ष नरेन्द्र सिह धामीले दार्चुला मानसखण्ड धार्मीक महोत्सव आफुले पनि दार्चुलाको मालिकार्जुनमा पनि लगाउने प्रतिबद्धता जनाएका छन् । कार्यक्रममा बोल्दै दुहु गाउँपालीकाले पुलेन्द्र बहादुर कार्कीले अबको समय भनेको नैतिक शिक्षाको भएकाले नैतिक शिक्षाबाटै नै बालबालिकाहरुको भविष्य निर्माण हुने भन्दै त्यहातर्फ लाग्न सबै पक्षलाई आग्रह गनु भएको छ त्यस्तै कार्यक्रममा बोल्दै नगर प्रमुख हष राज भटट्ले समाजको लागि आफु जहिलेपनि जनताहरुसंगै हातेमालो गदै जाने पनि बताएका छन् । त्यस्तै उहाले विकृति हटाउने प्रयासमा सधै जनताहरु संगै जानेपनि बताएका छन् । त्यस्तै समन्वय समिति प्रमुख करविर बहादुर कार्कीले समाजमा रहेका विकृतिहरुलाई हटाउने प्रयास यो कार्यक्रमले गरेको भन्दै यस्ता कार्यक्रमहरु प्रत्येक नगरपालीका गाउँपालीकामपनि हुनु पर्नेमा जोड दिनु भएको छ । समापन कार्यक्रममा  दार्चुलाका मालिकार्जुन , दुहु गाउपालीका , महाकाली नगरपालीका नेपाली कांगेस दार्चुलाका सभापति ललित सिह बोहोरा , विभिन्न संघ संस्थाहरुका पतिनिधिहरु लगायत सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।