सरकारले केही गर्न खोजेजस्तो देखियो तर संसद्लाई पर्याप्त ‘बिजनेस’ दिन सकेन रवि लामिछाने

१ बर्ष अघि

२0८0 श्रावण १३ शनिबार

सरकारले केही गर्न खोजेजस्तो देखियो तर संसद्लाई पर्याप्त ‘बिजनेस’ दिन सकेन  रवि लामिछाने

काठमाण्डा । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति रवि लामिछानेले सरकारले संसद्लाई पर्याप्त ‘बिजनेस’ दिन नसकेको बताउनुभएको छ । चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीसित कुरा गर्दै उहाँले धेरै कानुन निर्माण गर्नुपर्ने संसद्ले पर्याप्त बिजनेस नपाएको गुनासो गर्नु भएको हो ।  

सभापति लामिछानेले भन्नुभयो, ुभ्रष्टाचारका विषयमा सरकारले केही गर्न खोजेको हो कि जस्तो देखिएको छ । केही राम्रा सङ्केत पनि देखिएका छन् । तर ती पर्याप्त छैनन् ।ु सरकारको मूल्याङ्कन गर्ने धेरै आधार हुने उल्लेख गर्दै उहाँले सुशासनका लागि चाल्न खोजेका कदम सकारात्मक भएको बताउनुभयो । 

सुनकाण्डमा सरकारले चित्तबुझ्दो काम गर्न नसकेको उल्लेख गर्दै सभापति लामिछानेले भरिया समाउने र मालिक उम्काउने खेल हुनसक्ने भन्दै सबैलाई सचेत हुन आग्रह गर्नुभयो ।

यस्तै, पार्टीमा धेरै थरीका व्यक्तिको प्रवेश भएको दाबी गर्दै सभापति लामिछानेले गलत गर्ने जो कोहीलाई पनि कारबाही गरिने बताउनुभयो । ुगलत कुरालाई पार्टीभित्र प्रवेश गर्न दिँदैनौँु, उहाँले भन्नुभयो ।