माओवादी उपाध्यक्ष भुसालसहितको टोली स्वदेश फिर्ता

१ बर्ष अघि

२0८0 श्रावण १३ शनिबार

माओवादी उपाध्यक्ष भुसालसहितको टोली स्वदेश फिर्ता

काठमाडौं । नेकपा माओवादी केन्द्र का उपाध्यक्ष पम्फा भुसाल छ दिने भारत भ्रमणपछि स्वदेश फर्किएका छन् ।

उनीसँगै उनको नेतृत्वको पाँच सदस्य टोली आजे राति स्वदेश फर्किएको हो । भारतको सत्तारूढ दल भारतीय जनता पार्टी ९भाजपा०को निमन्त्रणामा यही साउन ७ गते भुसाल नेतृत्वमा माओवादी केन्द्रका सचिव चक्रपाणि खनाल, स्थायी समिति सदस्य सत्य पहाडी, केन्द्रीय सदस्य रामेश्वर यादव र सुरेशकुमार राईको टोली भारत गएको थियो ।

उपाध्यक्ष भुसालले भाजपा अध्यक्ष जगतप्रकाश नड्डासँग पार्टी मुख्यालयमा भेटवार्ता गरेका थिए । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यसअघिको भारत भ्रमणमा भएका सहमति कार्यान्वयनका लागि पहल गर्न भाजपा अध्यक्ष नड्डासँग आग्रह गरेका थिए ।

अध्यक्ष नड्डासँगको भेटवार्ता फलदायी र ऐतिहासिक भएको उपाध्यक्ष भुसालले बताए । डिसिनेपाल