द्धन्द्धलाई न्युनिकरणका लागि जनचेतना जोगाउनु आवश्यक

५ बर्ष अघि

२0७५ कार्तिक १५ बिहीबार

द्धन्द्धलाई न्युनिकरणका लागि जनचेतना जोगाउनु आवश्यक

रमेश सिह खत्री दार्चुला, कार्तिक १५
दार्चुला जिल्ला लगाय सुदुरपश्चिम प्रदेशमा विभिन्न किसिमका द्धन्दहरुको माध्यमबाट समाजमा बिकृतिहरु आउने गरेका प्रति सबैले सजक हुन कार्यक्रमका सहगिहरुले जोड दिएका छन् ।
बिहिबार जिल्ला सदुमुकाम दार्चुला आयोजना गरिएको एक दिने द्धन्द्ध व्यवस्थापन तथा न्युनिकरण सम्बन्धि गोष्ठमा बोल्दै दार्चुला जिल्लाका केन्द्रयि सासंद गणेश सिह ठगुन्नाले समाजमा हुने विभिन्न बिकृतिहरुको न्युनिकरण र द्धन्द्ध व्यवस्थापनमा सबै सरकाले अगाडि बढ्नु पर्ने बताउनु भयो । दार्चुला जिल्लामा विभिन्न विकृतिहरु रहेकाले त्यसको न्युनिकरणका लागि जनचेतना जोगाउनु आवश्यक रहेको बताउनु भयो । 
आन्तरीक मामिला तथा कानुन मन्त्रालय सुदुरपश्चिम प्रदेशको आयोजनामा सञ्चालन गरिएको गोष्ठीमा बोल्दै कानुन मन्त्री प्रकास बहादुर साहले दार्चुला जिल्ला लगायत  सुदुरपश्चिम प्रदेशको विकासमा सबैले हातेमालो गरि अगाडि बढन सके मातृभुमिको विकास हुने भएकाले  सबै प्रतिनिधिहरुले अगाडि बढनु पर्ने बताउनु भयो ।
समग्र जिल्ला लगायत सुदुरपश्चिम प्रदेशमा देखिएका द्धन्दात्मक कुराहरुलाई कमगर्ने उदेश्यले आयोजना गरिएको एक दिने गोष्ठीमा दार्चुला जिल्ला स्थीत स्थानिय तहका प्रमुख तथा उप प्रमुख सरकारी कार्यालयका पदाधिकारी र अन्य सरोकारवाला निकायका पदाधिकारीहरुको सहभागिता रहेको थियो । 
कार्यक्रममा प्रदेश सांसद दोय ग्याल्बु सिह बोहरा र मानबहादुर धामीले समग्र रुपमा सुदुरपश्चिम प्रदेशकाको विकासका लागि प्रदेश सरकारको तर्फबाट काम गर्ने र सबै तहहरु सित हातेमालो गरि अगाडि पढ्ने कुरामा जोड दिएका हुन ।  आन्तरिक मामिला तथा  कानुन मन्त्री प्रकास बहादुर शाहको अध्यक्षतामा  भएको कार्यक्रमा प्रतिनिधी सभा सदस्य गणेश सिह ठगुन्नाको प्रमुख आथित्यता रहनु भएको थियो । शुदूरपश्चिम प्रदेशका माननिय ग्याबु बोहारा र माननिय मानवहादुर धामीको विशिष्टतामा एक दिने गोष्टी सम्पन्न भएको हो ।