निर्वाचन आयोगद्धारा उपेन्द्र यादवलाई १५ हजार जरिवाना तोकियो

१ बर्ष अघि

२0८0 श्रावण ११ बिहीबार

निर्वाचन आयोगद्धारा उपेन्द्र यादवलाई १५ हजार जरिवाना तोकियो

राजविराज । २०७९ साल मंसीर ४ गते सम्पन्न प्रतिनिधीसभा निर्वाचनको खर्च विवरण सार्वजनिक नगर्ने उम्मेदबारलाई निर्वाचन आयोगले रु १५ हजार जरिवाना तोकेको छ ।

निर्वाचन खर्चको विवरण सार्वजनिक गरी सोको जानकारी दिन निर्देशन दिइएकोमा तोकिएको समयावधीभित्र विवरण सार्वजनिक नगर्नेलाई निर्वाचन –कसुर तथा सजाय०, ऐन २०७३ को दफा ३१ को उपधारा ९४० बमोजिम जरिवाना तोकिएको आयोगले जनाएको छ ।
आयोगका अनुसार जरिवाना तोकिएकोमा जसपा अध्यक्ष उपेन्द्र यादव पनि छन् । यादव ४ मंसीरको चुनावमा सप्तरी २ बाट चुनाव लडेका थिए ।