काठमाण्डौ – बङ्गलादेशमा यस वर्ष डेङ्गी सङक्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या एक सय ८५ पुगेको छ । लामखुट्टेको टोकाइबाट सर्ने रोग डेङ्गी कारण पछिल्लो २४ घण्टामा नौ जनाले ज्यान गुमाएका छन् । कुल सङ्क्रमितको सङ्ख्या ३५ हजार २ सय ७० पुगेको त्यहाँको स्वास्थ्य मन्त्रालय अन्तर्गतको स्वास्थ्य सेवा महानिर्देशनालय ९डिएफएचएस० ले जनाएको छ । यस वर्षको जनवरीदेखि जुलाई २४ तारिख अर्थात् सोमवारसम्म देशभरका विभिन्न अस्पतालबाट उपचार गराएर २७ हजार ६ सय २२ जना डेङ्गीका बिरामी घर फर्किएका छन् । डेङ्गीको बढ्दो सङक्रमणसँग जुध्न बङ्गलादेशका स्वास्थ्य अधिकारीले लामखुट्टेको प्रजनन रोक्न र लार्भा नष्ट गर्ने अभियान प्रभावकारी रुपमा सञ्चालन गर्नुपर्नेमा जोड दिएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।