चिसाे बढ्याे दार्चुलाकाे न्युनतम तापक्रम १० डिग्री

५ बर्ष अघि

२0७५ कार्तिक १५ बिहीबार

चिसाे बढ्याे दार्चुलाकाे न्युनतम तापक्रम १० डिग्री

सर्मिला धामी दुष्टिकोण सामाचार कार्तिक १५, दार्चुला । दार्चुला जिल्ला सदमुकाम खलंगाकाे न्युनतम तापक्रम १० दशमलब ७ डिग्री पुगेसंगै चिसो बढेको छ । जल तथा मौसम मापन केन्द्र दार्चुलाका अनुसार बिहिबार दार्चुलाकाे अधिकतम तापक्रम २२ डिग्री र न्युनतम तापक्रम १० दशमलब ७ डिग्री सेल्सियस रहेको छ । सदमुकाममा केहि दिन सम्म मौसममा कुनै परिवर्तन नआएमा चिसो अझै बढ्ने सक्ने जल तथा मौसम मापन केन्द्र दार्चुलाका अवलोकनकर्ता जनकराज अवस्थीले बताउनु भयाे  । चिसो बढेपछि  निमोनिया, रुघाखोकी  जस्ता  रोग लागेका बिरामीहरुकाे स‌ंख्या बढेकाे जिल्ला अस्पताल दार्चुलाले जनाएकाे छ ।  चिसोबाट बच्न  न्यानो कपडा लगाउने , ताताे पानी पिउने  तथा खानेकुरामा विशेष ध्यान दिनुपर्नै चिकित्सकहरुकाे सल्लाह छ ।