नेपाली राजनीतिमा चिनियाँ चासो बढदै ,

१ बर्ष अघि

२0८0 श्रावण ९ मंगलवार

नेपाली राजनीतिमा चिनियाँ चासो बढदै ,

नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य युआन च्या च्युनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग मंगलबार भेटवार्ता गरेका छन्।

सोमबार राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गरेका युआन मंगलबार बिहान ओलीसँग वार्ताका लागि एमाले केन्द्रीय कार्यालय च्यासल पुगेकाा हुन्।

ओली कम्बोडियाको निर्वाचनमा पर्यवेक्षण गरेर सोमबार फर्किएलगत्तै मंगलबार बिहान यो भेटवार्ता भएको हो।

यो भेटका अवसरमा दुई नेताबीच कम्युनिष्ट पार्टीको सम्बन्ध, नेपाल र चीनबीचको साझेदारी, आपसी हित र चासोबारे कुरा भएको छ।


भेटका क्रममा एमाले महासचिव शंकर पोखरेल र उपमहासचिव विष्णु रिमालसहितका नेताहरु पनि सहभागी थिए।

यसअघि चिनियाँ कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्य ता च्या चुनले आइतबार शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका थिए।

राष्ट्रपति सी चिनफिङका विश्वासपात्र च्या च्युन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निकट भविष्यमै गर्न लागेको चीन भ्रमणको तयारीका लागि नेपाल आएको बताइएको छ।

प्रचण्ड आगामी भदौमा चीन भ्रमणमा जाने तयारी छ। चिनियाँ टोली आइतबार बिहान काठमाडौं उत्रिएपछि राजनीतिक भेटघाटमा जुटिरहेको छ।

टोलीले शनिबार इटाली पुगेका प्रधानमन्त्री प्रचण्डसँगसमेत आइतबार जुममार्फत छलफल गरेको  थियो। नेपालखबर