तस्करी धन्दामा सक्रिय चिनियाँ गिरोह

१ बर्ष अघि

२0८0 श्रावण ९ मंगलवार

तस्करी धन्दामा सक्रिय चिनियाँ गिरोह

सुन तस्करी प्रकरण अहिले निकै चर्चामा छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सबै प्राविधिक तथा मानवीय संयन्त्रलाई अनुकुल बनाएर विमानस्थल भन्सार कार्यालयबाट समेत बाहिर निकालिएको एक सय केजी सुन तस्करीको यो प्रकरणमाथि विभिन्न आशंका छन्। त्यसैले यो तस्करीमा संलग्न फर्म तथा सरकारी र सुरक्षा अधिकारी मात्र होइन, यो सबैलाई गुपचुप पार्ने गिरोहका बारेमा थरिथरिका अनुमान सार्वजनिक भइरहेका छन्।

प्रहरीका अनुसा पछिल्लो एक दशकमा नेपालमा झण्डै सात सय किलो अवैध सुन जफत भएको छ। तस्करीमा संलग्न ७ सय जना भन्दा बढी पक्राउ परेका छन्। पक्राउ पर्ने तथा फरार हुने अधिकांश मुख्य अभियुक्त चिनियाँ नै छन्।

आशंका कै बीचमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमनबाट बिहीबार एक चिनियाँ नागरिक पक्राउ परे। जो एक सय केजी सुन पक्राउ परेको समाचार बाहिरिए लगत्तै चीन उड्न लागेका थिए। ७ महिनादेखि नेपाल बस्दै आएका ३६ वर्षीय जी क्वाङ लिन एक क्विन्टल सुन तस्करी प्रकरणमा अहिलेसम्म पक्राउ परेको गिरोहको सबैभन्दा माथिल्लो सदस्य ठानिएको छ। किनकी, चिनियाँ नागरिक जी क्वाङ लिनले उक्त तस्करीको सामान राख्न कोठा भाडामा लिएको भनिएको बालुवाटारको एक घरमा छापा मारेपछि चिनियाँ नागरिक जी चीन उड्न लागको सूचना प्रहरीले पाएको थियो। तत्कालै अध्यागमनलाई नाम पठाएर विमानस्थलमा निगरानी गर्दा चीन भाग्ने तयारीमा रहेका ती व्यापारी विमानस्थलबाटै पक्राउ परेका थिए।

अध्यागमनका कर्मचारीले ती चिनियाँलाई नियन्त्रणमा लिएपछि नेपालमा बसेर यस्तै तस्करीको धन्दा चलाई रहेका चिनियाँहरू धमाधम भाग्न थालेका छन्। जसले नेपाली नागरिकलाई आर्थिक प्रलोभनमा पारेर व्यापारिक फर्म दर्ता गर्ने र त्यसैको आडमा धन्दा चलाइरहेका छन्। मंगलबार राजश्व अनुसन्धान विभागले बरामद गरेको करिब एक क्विन्टल सुन रेडी ट्रेड दिलिप भुजेलको नाममा दर्ता भएको कम्पनी हो। भोजपुर अरुण गाउँपालिका(४ का उनको उमेर मात्र २१ वर्ष रहेको छ। दिलिप भुजेलले दिएको बयानबाट पनि यो कुरा पुष्टि हुन्छ कि चिनियाँ तस्करले नेपाली युवाको नागरिकता र गरिबीको चरम दुरुपयोग गरिरहेका छन्।

प्रहरीका अनुसा पछिल्लो एक दशकमा नेपालमा झण्डै सात सय किलो अवैध सुन जफत भएको छ। तस्करीमा संलग्न ७ सय जना भन्दा बढी पक्राउ परेका छन्। पक्राउ पर्ने तथा फरार हुने अधिकांश मुख्य अभियुक्त चिनीयाँ नै छन्।

रेडी ट्रेडमार्फत पटकपटक यसैगरी सुन तस्करी गरिरहेका जी क्वाङ लिनलाई प्रहरीले निगरानीमा राखेको थियो। जो पक्राउ पर्ने निश्चित भएपछि चीन उड्न लागेका थिए। तिब्बतियन मूलका भारतीय नागरिक दिल्ली घर भएर हाल काठमाडौंको पानीपोखरी बस्ने ५३ वर्षीय थाप्तेन छिरिङ सँग मिलेर ती चिनियाँले यसअघि पनि धेरै पटक सुन तस्करी गरेको भेट्टाइएको छ। थाप्तेन छिरिङ र जेक्यूयाङ लिन दुबै प्रहरी हिरासतमा छन्।

म्इध्ल्ीइब्म्

प्रहरीका अनुसार पछिल्लो एक दशकमा नेपालमा झण्डै सात सय किलो अवैध सुन जफत भएको छ। तस्करीमा संलग्न ७ सय जना भन्दा बढी पक्राउ परेका छन्। पक्राउ पर्ने तथा फरार हुने अधिकांश मुख्य अभियुक्त चिनियाँ नै छन्। २०७१र७२ मा एक सय ८० किलो अवैध सुन बरामद गरेयताको प्रहरीको तथ्यांक हेर्दा, अवैध सुन ओसारपसारमा संलग्न भनिएका झण्डै एक सय जना नेपाली भरिया मात्रै पक्राउ परेका छन्। जो भन्सार एजेन्टका रुपमा मात्रै काम गर्छन्। प्रहरी तथ्यांक हेर्दा तस्करी धन्दामा जोडिएका मुख्य लगानीकर्ता धेरै चिनियाँ व्यापारी छन्। यो गिरोहले, व्यक्तिगत प्रयोगका मालवस्तु ९गुन्टा० अन्तर्गत गरगहना अथवा काँचो सुन भित्र्याउने दुबै धन्दामा नेपाली युवालाई प्रयोग गरिरहेको छ।

चिनियाँ तस्करको डरलाग्दो जालो
यस पटक जस्तै, २०७९ पुस १० गते चीनबाट आएको भेप्स नियमित चेकजाँचका क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बरामद भएको थियो। ७३ प्याकेटमा भएको सात सय ३० पिस भेप्स भन्सार कार्यालयले बरामद गर्दा उक्त सुन हो भन्ने कसैलाई पत्तो थिएन। सूर्तीजन्य पदार्थ भन्दा झण्डै चार महिना विमानस्थलको गोदाममा थन्किएको उक्त भेप्स चिनियाँ व्यापारीले ‘जलविद्युत आयोजनामा काम गर्ने चिनियाँ मजदुर र अफिसियलका लागि ल्याएको भन्दै छाडिदिन आग्रह गरे पनि धेरै परिमाणमा आएकाले भन्सारका कर्मचारीले जफत गरे। जुन सुटकेश दुई पटकसम्म विमानस्थलको एक्सरे मेशिनमा राख्दा समेत त्यहाँभित्र भएको सुन ‘डिटेक्ट’ भएन।

जुन सामान विमानस्थल भित्रको प्राविधिक समस्या पहिचान गरिएको चिनियाँ व्यापारीको थियो। तर ‘भेप’ अर्थात इलेक्ट्रिक हुक्काले भरिएको सुटकेश विमानस्थल भन्सार कार्यालयको गोदम भित्रै साटियो। सुटकेश त्यही थियो, तर भित्रको सामान चिनियाँ व्यापारीले लगी सकेका थिए। विमानस्थल भन्सार कार्यालयका नायव सुब्बा रेवन्त खड्काले ६ करोड ‘घुस’ लिएर भन्सार भित्रको सामान पास गराएको पत्ता लागेपछि बल्ल, उक्त सुटकेसमा भेपको आवरणमा १९ किलो सुन लुकाएको पत्ता लाग्यो। चिनियाँ व्यापारीले उक्त सुन स्थानीय बजारमा लगेर बेची सकेका थिए।

भारतीय र नेपाली व्यापारी चिनियाँ तस्करको भरिया बन्ने गरेका छन्। अहिलेको एक क्विन्टल सुन काण्डमा पनि स्थानीय भरिया व्यापारीबाहेक मुख्य लगानीकर्ता चिनियाँ नै देखिएका छन्। पाँच वर्षअघि, ४३ करोड मूल्य बराबरको सुन नियन्त्रणमा आएपछिको यो सबैभन्दा ठूलो घटना हो।

यसरी विमानस्थल भित्रको प्रविधि र जनशक्तिको कमजोरीमा पटकपटक खेलीरहेका चिनियाँ व्यापारीले, यो सुन छुटाउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका कर्मचारीलाई, माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा र उनका छोरा राहुल महरालाई प्रयोग गरेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सिआइबी० ले तयार पारेको अनुसन्धान प्रतिवदेनमा उल्लेख छ। सरकारी वकिलको कार्यालयमा बुझाएको उक्त प्रतिवेदन अनुसार महरा बाबुछोराले भन्सार विभागका कर्मचारीलाई पटकपटक फोन गरेर भन्सार कार्यालयमा थन्किएको उक्त ई(सिगरेट लिलामी गर्न दबाब दिएका थिए।

महराका बाबुछोरा र सुन आयातकर्ता चिनियाँ नागरिक अहिले प्रहरीको उच्च निगरानीमा छन्। पूर्व सभामुख महरा गृहमन्त्री बनेपछि जोडिएको भन्सार कार्यालयको संयन्त्र र चिनियाँ तस्करहरूको जालो अहिले पनि उत्तिकै सक्रिय रहेको प्रहरीको बुझाई छ। जुन जालो तोड्न अहिले गृहमन्त्री नारायणकाजी श्रेष्ठले विमानस्थल भित्र भन्सार तथा राजश्व अनुसन्धान सँगै प्रहरीको समेत उपस्थिति बढाउन खोजी रहेका छन्।

यसअघि पनि प्रहरी प्रशासनलाई छक्याउँदै रसुवागढी नाका हुँदै २०७४ साल भदौमा काठमाडौं भित्र्याइएको ८८ किलो सुन तस्करीमा संलग्न मुख्य अभियुक्त घटना लगत्तै फरार भएका थिए। नेपालमा होटल व्यवसाय दर्ता गरेर त्यसैको आडमा तस्करीको धन्दा चलाई रहेको चिनियाँ दम्पत्ति याङ वेन विङ र उनका पति पान विइ मिङलाई काठमाडौं जिल्ला अदालतले ४३ करोड ५६ हजार रुपैयाँ जरिवाना र पाँचवर्ष कैद सजायको फैसला गरेको छ। तर चालक मनोज अधिकारीबाहेक कोही फेला परेका छैनन्। अनुसन्धानका क्रममा पक्राउ परेका चिनियाँ नागरिक जाङ हालिङ तत्काल धरौटीमा रिहा भए।

भारत तस्करीका लागि चिनियाँ व्यापारीलाई नेपाली साझेदार प्रतिष्ठित व्यापारीले सघाउने गरेका छन्। होटल तथा रेष्टुराँलाई आवरण बनाएर सुन तस्करी गर्ने चिनियाँ व्यापारीको जालो डरलाग्दो बनिरहेको छ।

महानगरीय अपराध महाशाखाबाट खटिएको प्राविधिक सहितको टोलीले तस्करीमा संलग्न देखिएका चिनियाँ दम्पत्तिको मोबाइल ट्रयाक गर्दै खोजी गर्दा, लाजिम्पाटस्थित होटल र्याडिसन हुँदै चिनियाँ दम्पत्ति याङ वेन विङ र उनका पति पान विइ मिङको नेपाली नम्बरयुक्त मोबाइल बालुवाटार आसपास गएर रोकिएको थियो। त्यसपछि सो सिम राखिएको मोबाइल फोन कहिल्यै एक्टिभ भएन। उनीहरु काठमाडौँस्थित चिनियाँ दूतावास आसपासको क्षेत्रमा पुगेपछि सम्पर्कविहीन भएका थिए। जसलाई प्रहरीले अझै भेट्टाएको छैन। त्यसपछि पनि प्रहरीले ८८ किलो सुन तस्करीमा संलग्न ठमेलमा रहेको काठमाडौं वन होटलका मालिक चिनियाँ दम्पत्ति याङ र पानलाई निरन्तर खोजी रहेको छ। प्रहरीका अनुसार, चिनियाँ व्यापारीले चीनबाट नेपाल सुन ल्याउने र काठमाडौंमा भण्डारण गरेर स्थानीय बजारसँगै भारतीय व्यापारीलाई बेच्ने गरेको पाइएको छ।

भारत तस्करीका लागि चिनियाँ व्यापारीलाई नेपाली साझेदार प्रतिष्ठित व्यापारीले सघाउने गरेका छन्। होटल तथा रेष्टुराँलाई आवरण बनाएर सुन तस्करी गर्ने चिनियाँ व्यापारीको जालो डरलाग्दो बनिरहेको छ। भारतीय र नेपाली व्यापारी चिनियाँ तस्करको भरिया बन्ने गरेका छन्। अहिलेको एक क्विन्टल सुन काण्डमा पनि स्थानीय भरिया व्यापारीबाहेक मुख्य लगानीकर्ता चिनियाँ नै देखिएका छन्। पाँच वर्षअघि, ४३ करोड मूल्य बराबरको सुन नियन्त्रणमा आएपछिको यो सबैभन्दा ठूलो घटना हो।

नेपालको प्रहरी प्रशासनसँगै आर्थिक प्रलोभनका भरमा उच्च राजनीतिक नेतृत्वमा पहुँच बढाई रहेका चिनियाँ तस्करले होटल, रेस्टुराँ र अन्य व्यापारको आवरणमा अवैध धन्दामा जरो गाडी रहेका छन्। जो सुरुमा नेपालबाट ठूलो मात्रामा भइरहेको रक्तचन्दन तस्करीका क्रममा नेपाली राजनीतिक दल, तिनका नेता र प्रहरी प्रशासनसँग नजिकिएका थिए। रक्तचन्दन तस्करीका लागि जति पनि पैसा तिर्न तयार त्यही गिरोह विस्तारै डलर, सुन, वन्यजन्तुका अंगप्रत्यंग, जडीबुटीसँगै थुप्रै लाभकारी धन्दातर्फ मोडिएको हो। जसमा सुनको चर्चा बढी भइरहेको छ।

पर्यटक तथा पर्यटन व्यवसायीका रुपमा नेपाल भित्रिएका धेरै चिनियाँ अपराध जालोमा जोडीन थालेपछि, प्रहरीले चिनियाँहरुको चहलपहल बढी रहेको ठमेल, बौद्ध, महाबौद्ध, स्वयंभु, बालुवाटार तथा उपत्यकाको यसअघि नै पहिचाहन भएको चिनियाँ तस्कर बस्ने क्षेत्रमा निगरानी बढाएको छ।

तस्करीका घटना प्रकृति फरक देखिए पनि चिनियाँ तस्कर नेपाली भूमिमा आपराधिक जालो फैलाउन उद्यत देखिन्छन्। सीआईबी, महानगरीय प्रहरी अपराध महाशाखा र प्रहरीको विशेष ब्युरोको अनुसन्धान हेर्दा नेपालमा चिनियाँ तस्करको जालो उच्च राजनीतिक नेतृत्वसम्मै पुग्न थालेको छ। अहिलेको तस्करी प्रकरणमा निष्पक्ष छानबिन भएमा, कृष्णबहादुर महरा जस्तै अरु थुप्रै नेता र प्रशासक यस्ता धन्दामा मुछिएको तथ्य उजागर हुनेछ।

सुन बेच्दै डलर लैजाने चिनियाँ गिरोह
नेपालमा २०५० सालदेखि चिनियाँको गतिविधि बढेको हो। जो सुरुमा  निर्माण क्षेत्रमा भित्रिएका थिए। विस्तारै चिनियाँहरूले अहिले चीनबाट सुन ल्याउने र काठमाडौंमा बिक्री गरेर डलर लिएर जाने गरेका छन्। डलर तस्करीमा सक्रिय चिनियाँ नागरिकले सुन पास गरेजस्तै धेरै पटक डलर तस्करीका लागि सुरक्षा संवेदनशील क्षेत्र विमानस्थल र स्थल मार्ग दुबै प्रयोग गरिरहेको देखिन्छ। प्रहरीका अनुसार पहिलो पटक २०७२ भदौ १० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चिनियाँ नागरिक यि वाङ चुरोटको बट्टाभित्र ६० हजार डलर राखेर चीन उड्नै लाग्दा पक्राउ परेका थिए। यसअघि नै चार पटकसम्म यही हवाई मार्गबाट सुन तथा डलर तस्करी गरिसकेका ती चिनियाँ पक्राउ परेपछि तस्करीको रुट नै फेरियो। प्रहरीले सुराकीका आधारमा चेकजाँच गर्दा २०७३ माघमा झन्डै तीन लाख अमेरिकी डलर र अन्य विदेशी मुद्रासहित चिनियाँ नागरिक झोङ डौफाङ, झौ सिलियोन र झाओलियाङ फेङ नागढुंगाबाट नियन्त्रणमा लियो। ठमेलकै मनी एक्चेन्जबाट सटही गरिएको भनिएको उक्त डलर चीनबाट ल्याएको सुन बिक्रीपछि संकलन गरिएको खुलेपछि प्रहरी झस्कियो।

चिनियाँ समाजमा प्रचलित परम्परागत औषधिमा प्रयोग हुने वन्यजन्तुको अंग, सल बनाउन प्रयोग हुने चिरु रौं तस्करीमा पनि उनीहरू संलग्न छन्।

तातोपानी भन्सार नाका बन्द रहेको समयमा भूकम्पले त्राहिमाम बनिरहेको बेला चिनियाँ तस्करले केरुङ मार्ग तथा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल प्रयोग गरिरहेका थिए। लगत्तै प्रहरीले नागढुंगा मै चिनियाँ नागरिक याओ जिनवान, ताङ, युछिङ, झेङ सुयान, झाओ जिनछेन, सी झियुन, लियू छियोमोईको साथबाट तीन लाख ४९ हजार तीन सय अमेरिकी डलर, ६ हजार आठ सय ५० युरो, १७ हजार सात सय ८१ चिनियाँ यूआन, २९ लाख ५० हजार जापानी एन, दुई हजार दुई सय स्वीस फ्रेंक, एक हजार चार सय अस्ट्रेलियन डलर, एक हजार एक सय पाउन्ड स्टर्लिङ र २४ हजार नेपाली रुपैयाँ बरामद गर्यो। यो डलर पनि सुन तस्करीबाट संकलन भएको पुष्टि भयो।

२०७६ मंसिरमा ड्रागन एअरबाट हङकङ उड्न लागेकी ५० वर्षीया चिनियाँ नागरिक मिङ जाङ झन्डै ३५ हजार अमेरिकी डलर, तीन लाख २७ हजार कोरियन वन र एक हजार ८५ पाउन्ड स्टर्लिङसहित पक्राउ परिन्। यसमा पनि सुन तस्करी कै जालो जोडियो। प्रहरीका अनुसार, जब प्रहरीले स्थल मार्गमा कडा सुरक्षा जाँच गर्न थाल्छ तब चीनीयाँहरु हवाई मार्गमा सल्वलाउँछन्, जब हवाई मार्गमा कडाइ गरिन्छ, उनीहरूको सञ्जालस्थल मार्गमा सक्रिय हुन्छ। यही सिलसिलामा, प्रहरीले २०७६ वैशाखमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा, मलद्वारमा साढे तीन किलो सुन लुकाएका तीन चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो। लगत्तै साउन २० गते, हङकङबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएका २३ वर्षीय चिनियाँ नागरिक ली निङ जे चार केजी सुनसहित पक्राउ परे।

प्रहरीका अनुसार, चिनियाँको अपराध मुख्य गरेर अवैध सुन, विदेशी मुद्रा ओसारपसार र हिमाली भेगमा पाइने बहुमूल्य जडीबुटीमा केन्द्रित छ।

प्रहरीका अनुसार पछिल्लो दशकमा काठमाडौँलाई ट्रान्जिट बनाएर चीनबाट भारतीय बजारमा सुन तस्करी गर्ने ठूलो चिनियाँ गिरोह नेपालमा सक्रिय छ। यही गिरोहको धन्दा, लामो समयपछि अहिले एक सय किलो सुन पक्राउ प्रकरणपछि छताछुल्ल भएको हो। जुन चिनियाँ तस्कर समूहको कनेक्सन अहिलेसम्म माओवादी केन्द्रका नेताहरूसँग बढी जोडिएको छ।

प्रहरीका अनुसार, चिनियाँको अपराध मुख्य गरेर अवैध सुन, विदेशी मुद्रा ओसारपसार र हिमाली भेगमा पाइने बहुमूल्य जडीबुटीमा केन्द्रित छ। चिनियाँ समाजमा प्रचलित परम्परागत औषधिमा प्रयोग हुने वन्यजन्तुको अंग, सल बनाउन प्रयोग हुने चिरु रौं तस्करीमा पनि उनीहरू संलग्न छन्। पर्यटक तथा पर्यटन व्यवसायीका रुपमा नेपाल भित्रिएका धेरै चिनियाँ अपराध जालोमा जोडीन थालेपछि, प्रहरीले चिनियाँहरूको चहलपहल बढी रहेको ठमेल, बौद्ध, महाबौद्ध, स्वयम्भु, बालुवाटार तथा उपत्यकाको यसअघि नै पहिचान भएको चिनियाँ तस्कर बस्ने क्षेत्रमा निगरानी बढाएको छ। खबरहब बाट