अल्काराजलाई पहिलोपटक विम्बल्डनको उपाधि स् साविक विजेता जोकोभिच पराजित

१ बर्ष अघि

२0८0 श्रावण १ सोमबार

अल्काराजलाई पहिलोपटक विम्बल्डनको उपाधि स् साविक विजेता जोकोभिच पराजित

काठमाण्डौ  । स्पेनका युवा टेनिस स्टार कार्लोस अल्काराजले पहिलो पटक विम्बल्डनको उपाधि जितेका छन् । साविक विजेता नोभाक जोकोभिच फाइनलमा अल्काराजसँग पराजित भएका हुन् । विश्व नम्बर–१ अल्काराजले दोस्रो ग्रान्डस्लाम जितेका हुन् ।

२० वर्षीय अल्काराजले निकै प्रतिस्पर्धात्मक फाइनल पाँचौँ सेटमा जिते । पहिलो सेट ६–१ ले गुमाएका अल्कराजले दोस्रो र तेस्रो सेटमा ७–६ र ६–१ को जित निकाले । तर चौथो सेटमा जोकोभिच ६–३ ले विजयी भए । पाँचौँ सेटमा अल्काराज ६–४ ले विजयी हुँदै उपाधि जित्न सफल भए ।

जितसँगै अल्काराजले आफ्नो शीर्ष वरीयता पनि कायम राखेका छन् ।